नयाँदिल्ली ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा कालो झण्डा देखाउने मधेसी विद्यार्थीहरु शनिबार जेल चलान भएका छन् ।एक साता लामो राजकीय भ्रमणका क्रममा दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई दुई दर्जन मधेसी विद्यार्थील शुक्रबार इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए ।
सोही समूहले नयाँदिल्ली बारखम्वा रोडस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवसको अवसरमा आयोजित रात्रिभोजमा भाग लिन जाँदा प्रधानमन्त्री ओलीविरुद्ध दोस्रो पटक कालो झण्डा देखाएर नाराबाजी गरेको थियो ।
दिल्ली प्रहरीले उनीहरुविरुद्ध शान्ति सुरक्षा खल्बलाएको आरोप लगाएको छ । ती वद्यार्थी शुक्रबार राति पक्राउ परेका थिए ।जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्वनेपाली विद्यार्थी नेता प्रमोद जैशवालकाअनुसार उनीहरुलाई शनिबार तिहार जेल पठाइएको छ ।
अदालतले उनीहरुलाई २३ फेब्रुअरीसम्मका लागी जेलमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उनीहरुमाथि आइपीएस १०७ र १५१ को चार्ज लगाइएको छ । भारतिय कानुनअनुसार आइपीएस १०७, सार्वजनिक स्थलमा शान्ति भंग गरेमा र १५१ पाँच जनाभन्दा बढी मिलेर आपराधिककार्य गरेमा लगाइने कानून हो । काठमाण्डु टुडेबाट
Home »
Nepali News
» केपी ओलीलाई दिल्लीमा कालोझण्डा देखाउने मधेसीलाई मोदीले हाले जेल
केपी ओलीलाई दिल्लीमा कालोझण्डा देखाउने मधेसीलाई मोदीले हाले जेल
Posted by Unknown
Posted on 7:44 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment