Home » » डिस्कोमा डिएसपीलाई राम धुलाई

डिस्कोमा डिएसपीलाई राम धुलाई

दरबारमार्गस्थित जुजुबा रेष्टुरेन्टमा गत शुक्रबार हेडक्वार्टरमा कार्यरत डिएसपी आभूषण तिमल्सिना कुटिएका हुन् । अत्याधिक मदिरा सेवन गरी अश्लील बालेकोमा उनीमाथि आक्रमण भएको हो । उनको अनुहारमा चोट लागेको छ ।
रेष्टुरेन्ट स्रोतका अनुसार बाहिर मदिरा सेवन गरी उनी बेलुका करिब साँढे १० बजे गएका थिए । गएलगत्तै अश्लील शब्द प्रयोग गरी युवतीहरुमाथि समेत दुर्व्यवहार गरेपछि झगडा हुन लागेका थिए । विराटनगरका उनका साथीहरुले बल्लतल्ल उनलाई तल झारेका थिए ।
जुजुबा डन गणेश लामाको समेत लगानी भएको लाउन्ज बार हो । स्थानीयले प्रहरीलाई समेत खबर गरेपछि दरबारमार्ग वृत्तबाट सई रेष्टुरेन्टमा पुगेका थिए । सईलाई समेत उनले अभद्र व्यवहार गरेपछि उनकै ब्याची दरबारमार्ग वृत्तका डिएसपी कृष्ण पल्ली मगरले सम्हालेर अस्पताल पुर्याएका थिए । सोही घटनाका कारण तीन दिनसम्म उनी रेष्टमा बसेका छन् ।दृष्टि साप्ताहिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved