फागुन १४
काठमाडौं – नेपालगञ्जबाट जुम्लाका लागी उडेको काष्ठमाण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना हुँदा क्याप्टेन र को पाइलटले ज्यान गुमाए । चालक दलका सदस्य सहित ११ यात्रु रहेको विमानमा खरावी आएपछि क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको निर्णय गरेका थिए ।
आकस्मिक अवतरण गर्दा विमानको अघिल्लो भाग तिन टुक्रा हुँदा क्याप्टेन र को–पाइलटले ज्यान गुमाए । जहाजमा सवार अन्य यात्रु घाइते भए र अहिले उद्धारको पर्खाइमा छन् ।
क्याप्टेन दिनेश न्यौपाने नेपालगञ्जको धम्बुजे बस्दै आएका थिए । त्यस्तै को–पाइलट सन्तोष राना राजधानीको शुकेधारा बस्दै आएका थिए ।
भेरी अञ्चल प्रहरी कार्यालयमा डिएसपी माधव श्रेष्ठका अनुसार विमान आकस्मिक अवतरण गरिएको कालिकोटको तिनखाया गाविस–३ मा प्रहरी पुगिसकेको छ ।
को–पाइलट सन्तोष राना (तस्विर : फेसबुकबाट)
Home »
Nepali News
» काष्ठमाण्डप एयरको विमान दुर्घटना : सबैलाई बचाउन चाहन्थे तर आफै बचेनन्
काष्ठमाण्डप एयरको विमान दुर्घटना : सबैलाई बचाउन चाहन्थे तर आफै बचेनन्
Posted by Unknown
Posted on 2:48 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment