भैरहवा, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा भैरहवामा आयोजित विशाल सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली, एमाले महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, सचिव पृथ्बी सुब्बा गुरुंग, स्थायि कमिटी सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा लगायत भैरहवा आईपुगेको एमाले लुम्बिनी इन्चार्ज बैजनाथ चौधरीले जनाए ।
अहिले भैरहवामा लुम्बिनी अन्चलकै ६ वटैं जिल्लाबाट हजारौं जनताहरु भैरहवा आईपुगेका छन् । भैरहवाको पुर्व क्षेत्र नवलपरासी र रुपन्देहीको पुर्वका हजारौ नागरिक शान्तिनगरबाट भैरहवा छिर्दैछन्, पश्चिम कपिलवस्तु रुपन्देही क्षेत्र ६ र ७ का नागरिकहरु हनुमान मन्दिर एयरपोर्टबाट जनताहरु नाराबाजीसहित भैरहवा प्रवेश गर्दै छन् भने पश्चिम गुल्मी अर्घाखाची र पाल्पा तथा बुटवलतर्फका जनताहरु बुद्धचौंकमा जम्मा भई रंगशाला प्रवेश गर्दैछन् ।
अहिले भैरहवाको बजार एमालेका सूर्य र हसिया हथौडा झण्डा सहित नाराबाजी गर्दै पन्चेबाजा झाकिं सहित भैरहवा बजार गुन्जायमान गराईरहेका छन् । रयाली केही बेरमा भैरहवा स्थित सिद्धार्थ रंगसालामा प्रवेश गर्ने र सो र्यालीमा सहभागी जनतालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । र्यालीमा मधेसी मुलका मानिसहरु हजारौको संख्यामा आएको देख्न सकिन्छ । एमालेको र्यालीमा लाखौं मानिसहरु सहभागी रहेको देखिएको छ ।
आज विहान यति एअरको विमानबाट भैरहवा आईपुगेका प्रधानमन्त्री ओलीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, खेलकुद तथा युवा मन्त्री सत्यनारायण मण्डल, सभासद आदित्य नारायण कसौधन, पुर्वमन्त्री राधा ज्ञवाली, पुर्व मन्त्री छवि विश्वकर्मा लगायतले निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विमानस्थलको निरीक्षण गर्दै राष्ट्रिय गौरबको परियोजना निर्माणमा ढिला सुस्ती हुन नहुने बताएका थिए । दैनिक नेपाल बाट।
Home »
Nepali News
» भैरहवामा एमालेले देखायो शक्ति, हजारौ मधेसीले प्रधानमन्त्रीलाई घेरे (फोटो फिचर)
भैरहवामा एमालेले देखायो शक्ति, हजारौ मधेसीले प्रधानमन्त्रीलाई घेरे (फोटो फिचर)
Posted by Unknown
Posted on 2:53 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment