Home » » प्रधानमन्त्रीका अगाडि भैरहवामा डेढ लाख मधेसी जनता उतार्छाैः अध्यक्ष श्रेष्ठ

प्रधानमन्त्रीका अगाडि भैरहवामा डेढ लाख मधेसी जनता उतार्छाैः अध्यक्ष श्रेष्ठ

नेकपा एमालेद्वारा रुपन्देही सदरमुकाम भैरहवामा फागुन १४ गते विशाल आमसभाको तयारी व्यापक भैरहको छ । लुम्बिनी अन्चलस्तरीय सो सभामा प्रधानमन्त्री केपी शर्मा ओली लगायत एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही सन्दर्भमा एमाले रुपन्देहीले के कस्तो तयारी गरेको छ भनी दैनिक नेपाल सहकर्मी नरेश केसीले एमाले रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठसंग केही कुराकानी गर्नुभएको थियों प्रस्तुत छ अध्यक्ष श्रेष्ठसंगको कुराकानी:
नेकपा एमाले रुपन्देहीमा के के गर्दै छ भन्ने सुनिएको छ, के गर्न लागेको हो अध्यक्ष ज्यू ?
नेकपा एमाले एउटा सुदृढ र संगठीत पार्टी हो । यसले राष्ट्रिय राजनीतिको तरलताकाबीच जारी गरेको संविधानका सबालमा कार्यकर्ता जनताका बीचमा पुराउन, बैठक भेला अन्तरक्रिया गोष्ठी सन्चालन गर्दै आएको छ । संविधान सम्झौताका दस्ताबेज भएकाले हाम्रो पार्टीले उठान गरेका मुद्धा समेत संबोधन हुन सकेन । तथापी नेपालका विगतका संविधानका तुलानामा यो गणतान्त्रिक संघीय संविधान उत्कृष्ट छ । यद्यपी मधेस केन्द्रित दलको आन्दोलनले केही समस्या सृजना गरेको छ । नाकाबन्दी एवं भुकम्पबाट थिलो थिलो भएको मुलुकलाई सहजतातर्फ उन्मुख गराउन वर्तमान सरकारलाई एमालेले दबाब दिदैं आएको छ । परिणामस्वरुप राष्ट्रिय एकता, अखण्डताकालागी पार्टिले चलाएको आन्दोलन र अडान वर्तमान नेपाली जनताले दिएको समर्थन नै हाम्रो गौरब हो भन्ने हामीलाई महसुस भएकोछ । यस सिलसिलामा पार्टी केन्द्रको नीति अनुरुप यहि फागुन १४ गते भैरहवामा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसैको तैयारी व्यापाक रुपमा उत्साहका साथ अगाडी बढेको छ ।
पार्टिका अध्यक्ष तथा सम्मानीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा हुने विशाल आमसभाको तयारी कहां पुग्यो ?
भैरहवामा हिुने विशाल आमसभामा सम्माननीय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्तया तथा संगसंगै आर्थमन्त्री विष्णु प्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल लगायत पार्टीका शीर्षस्थ नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ । यो तैयारी अन्तीम चरणमा पुगेको छ । विभिन्न उपकमिटी बनेका छन् । १३ गते नै बुटवल र भैरहवामा जनमैत्री युवा रैली पनि हुनेछ । बाजागाजा, झाकि सहितको झण्डै डेढ लाख भन्दा बढी जनसमुदायको उपस्थिीति हुनेछ । सबै राजनितीक दल, संघसंस्था, नागरिक समाजसमेतलाई सभामा सहभागी हुन हार्दिक अपील गरेका छौं । किनकी यो कार्यक्रम सरकार पक्षीय वा सरकार विरोधी होइन । सबैको सरोकारको विषय संविधान, नाकाबन्दी, मधेस आन्दोलनबाट देखा परेका असमझदारीलाई कसरी हटाउन सकिन्छ त्यसलाई स्पष्ट पार्नु यसको मुल काम हुनेछ ।
६ दिने भारत भ्रमणबाट फर्किदा वित्तिकै भैरहवामा सभा आयोजना गरेर प्रधानमन्त्रीले सीमा क्षेत्रकै सभालाई सम्बोध गर्नुको खास कारण ?
भारत भ्रमण भन्दा पहिले अन्तराष्ट्रिय शान्तीको मुहान लुम्बिनीको भ्रमण प्रधानमन्त्री ज्यूले हालसालै गर्नुभयो । त्यस भ्रमणले शान्ती स्थायीत्व र लुम्बिनी क्षेत्रको विकासकालागी अन्तराष्ट्रिय स्तरको विश्व बौद्ध सम्मेलनको घोषणा गरिएको छ । त्यसको लगत्तै भएको भारत भ्रमणबाट फर्किदा वितिकै भैरहवामा हुने विशाल आमसभाबाट सम्बोधन गर्दा यस क्षेत्र मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ठूलो महत्व राख्ने हाम्रो ठम्माई छ । हाम्रो र नेपाली जनताको लागी खुसीको कुरा हो । नाकाबन्दीलाई पुर्ण सहज बनाउन र आर्थिक समृद्धिकोलागी योजना लाई भारत चीन लाई विकासपथमा सहकायए नै आजको आवश्यक्ता हो । यस तर्फ वर्तमान सरकाको भनाई र गराईमा तालमेलको जरुरी छ । त्यो प्रतिबद्धता यस पवित्र भूमी लुम्बिनीबाट हुने कुराले रुपन्देही जिल्लाकोलागी मह्त्वपुर्ण कुरा हो ।
लुम्बिनीको केन्द्र रुपन्देही सदरमुकाम भैरहवा विशाल सभा गरिरहदा यहांको स्थानीय पार्टि कसरी परिचालन गर्नुभएको छ ?
रुपन्देही सदरमुकाम आफै पनि पर्यटकीय शहर नै हो । यहांको स्थानीय जनता र सबै राजनैतिक कर्मी उद्योग व्यवसायी प्रधानमन्त्री को आउने खबरले उत्साहित देखिन्छन् । पार्टि पंक्ति निकै उत्साहका साथ जनताकाबीचमा गईरहेका छन् । साथै अन्य राजनैतिक दल, नागरिक समाजको पनि सकारात्मक सहयोग हुने आश्वासन प्राप्त भईरहेको छ । कार्यक्रम शान्तिपुर्ण जनमैत्री र सद्भावपुर्ण होस् भन्ने शुभचिन्तक सबैको चाहना हो ।
एमालेद्वारा आयोजना गरिने सभामा अन्य दल, विचारमा आस्था राख्ने मान्छे किन जाने ?
एमालेद्वारा आयोजना र संयोजन भएको भएता पनि फागुन १४ हुने विशाल सभा सबै नेपालीको हो । जनताले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको आधरभूत पक्षमा प्रधानमन्त्री लगायतले प्रकाश पार्ने हुदां सबै जनसमुदाय, विद्यार्थि, शिक्षक, बुद्धिजीवि, मजदुर, किासन, उद्योगी व्यवसायी, पत्रकार सबै जनताको सहभागीता मह्तवपुर्ण छ । यो विशाल सभाले नयां नेपालको निर्माणकोलागी आर्थिक समृद्धिका निम्ती कोशे ढुंगा सावित हुनेछ । तसर्थ लुम्बिनीको समग्र विकास र रुपन्देही जिल्लाको समुचित विकासकालागी राष्ट्रको ध्यान आकर्षण गराउन विशेष योजनाहरु समेत माग गरिनेछ । प्रमुख रुमा दक्षिण भेगकालागी हुलाकी मार्गको निर्माण र स्तरउन्नती, धकधई औद्याोगिक करिडोरको स्थापना, सेजको सन्चालन, अन्तराष्ट्रिय निर्माण स्थलको शिघ्र कार्यन्वयन, लुम्बिनी परिपथ निर्माण र क्षेत्र नम्बर ६ र ७ को मर्चवार लुम्बिनी क्षेत्रको सघन कृर्षी उत्पादन क्षेत्रको निर्माणमा पनि सभाले सहयोग गर्नेछ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved