Home » » बसको ठक्कर बाट एक जनाको मृत्यु,आफन्त र प्रहरी बीच दोहोर झडप अवस्था तनाव ग्रस्त

बसको ठक्कर बाट एक जनाको मृत्यु,आफन्त र प्रहरी बीच दोहोर झडप अवस्था तनाव ग्रस्त

बाग्लुङ हटिया ३ जिपपार्कमा आज बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि गल्कोट थप तनाव ग्रस्त भएको छ ।
काठमाडौंबाट बुर्तिबाङकालागि छुटेको ना.४ ख.८४३४ नम्बरको बसले पैदल यात्रु चित्रबहादुर कँडेललाई ठक्करदिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक कडेंलका आफ्न्तले क्षतिपुर्ति नपाएसम्म शब बुझ्ने बताएको थियो । प्रहरीले जबरजस्ती सव उठाए पछि मृतकका आफन्त र प्रहरी बीच दोहोर झडप भएको छ ।
प्रहरीले ११ वर्षिय बालक माथिसमेत लाठी चार्ज गरेको छ । त्यस्तै लाठीबाट ३ जना गम्भीर घाइते भएको र घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको हाम्रा सहकर्मी घनश्याम गौतमले बताए

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved