काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनाल र कांग्रेस सभापति स्व. सुशील कोइरालाले भारतको औपचारिक भ्रमण गर्न पाएनन् । उनीहरु दुवैलाई भारतले भ्रमणको औपचारिक निम्तो समेत गरेन ।
कोइराला भने भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका थिए । मोदीको शपथ समारोहमा सार्क मुलुकका सबै सरकार प्रमुखको उपस्थिति थियो । त्यसलाई कोइरालाको द्विपक्षीय भ्रमण भन्न नमिल्ने परराष्ट्रविद् डा. भेषबहादुर थापाको भनाइ छ ।
२५ असोज ०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको सरकारको नेतृत्व गरेका लोकेन्द्रबहादुर चन्दले पनि विदेश भ्रमण गर्ने अवसर पाएनन् ।
०६० मा प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले पनि भारतको औपचारिक भ्रमण गर्न पाएनन् । थापा त्यतिबेला सार्क सम्मेलनको निम्तो दिन भारत गएका थिए । तर, द्विपक्षीय भ्रमण नभएको कूटनीतिज्ञको भनाइ छ ।
०६९ चैतमा गठन भएको चुनावी सरकारको मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि भारत जान पाएनन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
Home »
Nepali News
» यस्ता प्रधानमन्त्री जो पदमा रहदा एकचोटी पनि भारत गएनन्
यस्ता प्रधानमन्त्री जो पदमा रहदा एकचोटी पनि भारत गएनन्
Posted by Unknown
Posted on 6:10 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment