Home » » घाटामा रहेको आयल निगमका कर्मचारी ९० करोड बोनस फुत्काउने तयारीमा

घाटामा रहेको आयल निगमका कर्मचारी ९० करोड बोनस फुत्काउने तयारीमा


१७ फागुन, काठमाडौं । उपभोक्तबाट चर्को मूल्य असुलिरहँदा पनि घाटामा गुज्रिरहेको नेपाल आयल निगमका कर्मचारी सरकारको निर्देशनविपरीत ‘बोनस’ खाएरै छाड्ने तयारीमा जुटेका छन् ।
निगम कर्मचारीले सरकारविरुद्व हालेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश दिएपछि उनीहरुको मनोबल अझ बढेको आजको
नागरिक दैनिकमा समाचार छ ।
बोनसबापत ९० करोड रुपैयाँ बाँड्ने चलखेलमा लागेको निगमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत नियमनकारी निकायले रोकेपछि उनीहरुले अदालतको आड लिएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपनि सरकारलाई १२ अर्व ६४ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको छ । तर, उक्त नाफाबाट ऋण तिर्नुको साटो ‘बोनस’मा रकम थुपारिएको छ ।
२०७१/२०७२को बोनसमा जम्मा भएको ९० करोड रुपैयाँ उम्काउन निगमका कर्मचारी बहाना खोजिरहेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved