Home » » अमेरिकालाई आफ्नो बनाउन नेपालले रणनीति बनाउँदै....

अमेरिकालाई आफ्नो बनाउन नेपालले रणनीति बनाउँदै....


काठमाडौँ, १७ फागुन । सरकारले अमेरिकी बजारमा तयारी पोसाकको निर्यात बढाई अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने गरी निर्यात रणनीति तयार गर्ने भएको छ ।
वाणिज्य मन्त्रालयले अमेरिकी सरकारबाट प्राप्त हुने भन्सार छुट र व्यापार क्षमता अभिवृद्धि लगायत सुविधा प्राप्त भएको अवस्थामा रणनीति तयार गर्न लागेको हो । वाणिज्यमन्त्री दीपक बोहोराको अध्यक्षतामा आज निर्यात रणनीति कार्ययोजना तयार गर्ने सम्बन्धमा छलफल गरिएको मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गर्नुभएको नेपाललाई विशेष व्यापार ग्राह्यता दिन स्वीकृति प्रदान गर्ने ऐनमा ६६ प्रकारका सामग्रीमा भन्सार छुट दिने उल्लेख छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved