फाल्गुन १५, २०७२- विराट गोल्डकपमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ र नेपाल पुलिस शनिबार भिड्दै छन् । दुई टिमको भेट यस वर्षको चौथो हो । यसअघिका तीनवटै भेटमा झापाले पुलिसलाई हराएको थियो ।
झापाले राष्ट्रिय लिगको दुइटा होम एन्ड अवे म्याच र पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा पुलिसलाई समान २–० ले हराएको थियो । झापा भने पुलिसलाई चौथोपटक हराएर उपाधिको रक्षा गर्ने रणनीतिमा छ । उता पुलिस झापासँग हारेका तीन म्याचको बदला लिंदै यस वर्षको पहिलो उपाधि हात पार्ने दाउमा छ । पुलिसले गत वर्ष मनकामना गोल्डकप जितेयता कुनै प्रतियोगिता जितेको छैन ।
झापाका प्रशिक्षक भगीरथ आले भने शनिबार पुलिसलाई हराएर उपाधि रक्षा गर्नेमा ढुक्क छन् । सेमिफाइनलमा खेल्न नपाएका कप्तान नरेन्द्रमणि लिम्बू फाइनलमा मैदानमा उत्रँदैछन् । उनको अनुपस्थितिमा मिडफिल्ड कमजोर बनेको थियो । पुलिसका प्रशिक्षक अनन्त थापाले झापा राम्रो टिम भए पनि ऊसँग बदला लिंदै उपाधि हात पार्ने बताउँछन् ।
विराट गोल्डकपको विजेताले ५ लाख १ हजार र उपविजेताले ३ लाख १ हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ ।
झापा र पुलिस आज भिड्दै...पुरा पढ्नुहोस् ।
Posted by Unknown
Posted on 9:32 PM
with No comments
Labels:
sports
0 comments:
Post a Comment