Home » » मलेसियामा १ सय ६१ नेपाली पक्राउ

मलेसियामा १ सय ६१ नेपाली पक्राउ


९ फागुन, क्वालालम्पुर ।
गैरकानुनी कामदारमाथि गत शुक्रबारबाट सुरु भएको धरपकडका क्रममा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् ।मलेसियाको सरकारी समाचार समिति बर्नामाले जनाएअनुसार मलाका क्षेत्रमा गरिएको धरपकडका क्रममा यी नेपालीहरु पक्राउ परेका हुन् ।अबैध कामदारलाई पुनः दर्ता अभियानसँगै मलेसिया सरकारले दर्ता हुन नमान्ने अबैधानिक कामदारलाई पक्राउ गर्ने क्रम तिब्र बनाएको छ । सो क्रममा अहिलेसम्म नेपालीसहित कुल ९७१ जना पक्राउ परेको अध्यागमन बिभागलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।
प्रहरीले राजधानी क्वालालम्पुरसहित नेपाली कामदारको बढि घनत्व रहेको एपो, सेरेम्बान, साइबरजया, मलाका लगायतका स्थानमा धरपकड गरेको थियो ।१२ घण्टासम्म चलेको अपरेशनमा प्रहरीले २ हजार १ सय ८२ बिदेशी कामदारको परिक्षण गरेको थियो । त्यसमध्ये ९७१ अबैधानिक भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । मलाकाबाहेक अन्य स्थानमा कति नेपाली पक्राउ परे भन्ने अहिलेसम्म खुलेको छैन् ।
मलेसिया सरकारले करिव २० लाख अबैध बिदेशी कामदार मलेसियामा कार्यरत रहेको बताएको छ । उनीहरुलाई बैधानिक बनाउने उदेश्यअनुरुप अहिले सरकारले अबैध कामदारको दर्ता प्रकृया संचालन गरिरहेको छ । अनलाइन खबर बाट ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved