Home » » आजको राशिफल हेर्नुहोस्. ....

आजको राशिफल हेर्नुहोस्. ....

वि.सं. २०७२ साल फागुन १७ गते। सोमबार। इश्वी सन् २०१६ फेब्रुवरी २९ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– षष्ठी, १०:१६ बजेउप्रान्त सप्तमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusव्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। मध्याह्नपछि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। पारिवारिक विवादले खिन्न बनाए पनि दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआफ्नै कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। चिताएको काम सम्पादन हुनेछ। लगनशीलताले व्यवसायमा पनि राम्रै फाइदा दिलाउनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसानो गल्तीले काममा अप्ठ्यारो पार्न सक्छ। सुझाव दिनेहरूले झुक्याउन सक्छन्। परिस्थितिअनुसार चल्न नसक्ता पनि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। मध्याह्नपछि पेटको खराबीले स्वास्थ्यमा समस्या आउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले मात्र लक्ष्य हासिल हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अपराह्नदेखि परिस्थितिलाई बुझ्न नसक्दा समस्या आउन सक्छन्। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraहिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। परिस्थितिअनुसार चल्न नसक्दा केही मौका गुमाउनुपर्ला। टाढिएका आफन्तको यादले पिरोल्नेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्ने र फाइदा कममात्र हुने समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट थोरै लाभ उठ्न सक्छ। मध्याह्नपछि कामबाट फुर्सद मिल्नेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन गर्न सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। अपराह्नदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। मध्याह्नपछि आयआर्जन बढ्नुका साथै प्रशस्तै धन संग्रह हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। दिगो फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुन

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकेही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रम गर्दा न्यून सफलता मिल्ने समय छ। आँटेको काम पूरा नभए पनि मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। अपराह्नदेखि स्थितिमा सुधार आउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने मौका छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved