Home » » मधेस केन्द्रित दलहरुसंगको वार्ता सकारात्मक बने लगत्तै स्थानीय निर्वाचन : कमल थापा

मधेस केन्द्रित दलहरुसंगको वार्ता सकारात्मक बने लगत्तै स्थानीय निर्वाचन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री
कमल थापाले विगत ५ महिना देखिको
आन्दोलनका कारण मुलुकका विभिन्न क्षेत्र तहसनहस
भएकोले वार्ता र सम्वादबाटै समस्याको निकास
निकाल्न खोजिएको बताउनु भएको छ । उहाँले
मधेश केन्द्रित दलसंगको वार्ता सकारात्मक बने
लगत्तै स्थानीय निकायको निर्वाचन घोषण
गरिने पनि बताउनु भएको छ ।
बुधवार विराटनगरमा संचारकर्मीहरुसंग
उपप्रधानमन्त्री थापाले अहिले विभिन्न तहमा
मधेसवादी दलहरुसंग वार्ता र सम्वाद भईरहेकाले चाडै
नै निकास निस्कने बताउनु भयो । स्थानीय
विकास मन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री
थापाले संविधान कार्यान्वयनलाई अघि बढाउन
अन्तरिम अवधिका लागि स्थानीय निकायको
निर्वाचन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले मधेस केन्द्रित दलहरु संगको वार्ता
सकारात्मक बनेको र समस्याले निकास पाउने
बित्तिकै संविधानको प्रावधान अनुसार
स्थानीय निकायको निर्वाचन घोषणा गरिने
बताउनु भयो । यसरी निर्वाचित स्थानीय
निकाय संघीय संरचना अनुसार अर्को स्थानीय
निकाय गठन नभए सम्मको लागि हुने स्पष्ट
पार्नुभयो । एक प्रश्नको जवाफमा उपप्रधानमन्त्री
थापाले नेपाल भारत बीचको सम्बन्ध पुनः पुरानै
स्थितिमा फर्किएको जानकारी दिदै चाडै नै
प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने र आपसी
असमझदारीहरु अन्त्य हुने बताउनु भयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved