Home » » साउदी अरबबाट नेपालले सिक्नुपर्ने गतिलो पाठ, जसले देशको शिरलाई उचाई दिनेछ !

साउदी अरबबाट नेपालले सिक्नुपर्ने गतिलो पाठ, जसले देशको शिरलाई उचाई दिनेछ !

यूएई, १९ पुस । संयुक्त अरब इमिरेट्स(साउदी अरब)ले
खाडी मुलुकका लागि यूएईमा कार्यरत इरानका
राजदूतलाई विदेश मन्त्रालयमार्फत् बोलाई
साउदी अरबको आन्तरिक मामलामा भएकोे
इरानी हस्तक्षेप बारेमा तेहरानसँग स्पष्टीकरण
मागेको छ ।
राजदूत मोहम्मद रेजा फायदलाई आइतबार
लिखितरुपमा इरानद्वारा साउदी अरबमाथि
गरेको विभिन्न खाले हस्तक्षेप र हालैको साउदी
अरबको तेहरानस्थित कूटनीतिक नियोगमाथि
गरिएको आक्रमणका बारेमा स्पष्टीकरण माग
गरेको यूएईको राष्ट्रिय समाचार संस्था डब्लूएएम
(वाम) ले बताएको छ ।
यूएईले इरानद्वारा कूटनीतिक नियोगमाथि गरेको
आक्रमणले अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डको
उल्लङ्घन भएको आरोप लगाएको छ ।
यता नेपालमा भने भारतले बारम्बार हस्तक्षेप गर्दा,
राजदूतले देशविरुद्धमा बोल्दा स्पष्टिकरण सोध्ने
आट नेपाल सरकारले गर्न सक्दैन् । यूएईको यो घटना
नेपालका लागि गतिलो पाठ हुन सक्छ । रासस/
सिन्ह्वा

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved