Home » » बिग बोसलाई अन्डरवल्र्डको धम्की

बिग बोसलाई अन्डरवल्र्डको धम्की


पुस १९
मुम्बाई – फेरि एकपटक बलिउड
अन्डरवल्र्डको निशानामा परेको छ ।
उनीहरुको पछिल्लो निशाना
विवादास्पद रियालिटी शो बिग
बोस–९ मा परेको छ । यस शोको
निर्माण कम्पनी इन्डिमोल
इन्डियालाई पैसाका लागि
अन्डरवल्र्डले धम्क्याएको छ । यदी
पछिल्लो रिर्पाेटहरुलाई सही मान्ने
हो भने पैसालाई लिएर अन्डरवल्र्ड
धम्क्याएको यो नयाँ प्रकरण हो ।
यस शोमा आबद्ध आनन्द चाभनलाई
ग्यांगस्टार सुजर पुजारीले करोड
मागेको समाचार बाहिर आएको छ ।
सुरुआतमा आनन्दले कसैले जिस्किएको
सोचेका थिए । तर बिस्तारै धम्कीहरु
आउने क्रम बढ्दै गयो । सुरज कुनै समय
अर्का अन्डरवल्र्ड डन रभी पुजारीका
सहयोगी थिए । उनले पैसा नदिए ज्यान
दिने धम्की आनन्दलाई लिएका छन् ।
आनन्दलाई धम्की आएपछि कम्पनीले
प्रहरीमा उजूरी गरिसकेका छ । तर
इन्डिमोल इन्डिया अहिले तनावमा छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved