उपप्रधान तथा भौतिक योजना यातायात मन्त्री विजयकुमार गच्छदारले भारतमा गएर मधेस आन्दोलनको
घोषणा गर्ने राष्ट्रघाती भएको बताएका छन् ।
सुनसरीको दुहबी–भलुवा नगरपालिका ३ स्थित पचिरा फर्से गाउँमा पक्की मोटरबाटो उद्घाटन गर्दै उनले
उक्त कुरा बताएका हुन् ।
गच्छदारले मधेस आन्दोलनबाट जनताले तिरस्कार गरेपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले
भारतमा गएर आन्दोलन घोषणा गर्नु राष्ट्रघाती कदम भएको आरोप लगाए ।
‘समस्याको समाधान भारतमा गएर, ‘म्याउँ गरेर हुँदैन’उनले भने, ‘आफ्नो देशको समस्या अर्काको देशमा गएर
मिलाइदिनुपर्यो भन्नु त्योभन्दा मुर्खता अरु हुन सक्दैन ।’
मधेस आन्दोलनले ६ खर्बभन्दा बढीको क्षति भएकोले देश र जनतालाई दुःख दिनेहरुलाई जनताले चिनिसकेको
हुनाले भारतका गएर आन्दोलनको डिजाइन थालिएको उनको भनाई थियो ।
मधेसका दुईचार जना व्यक्तिहरुले नेपालविरुद्ध अभिव्यक्ति दिंदैमा देश नटुक्रिने पनि बताए ।
Home »
Nepali News
» गच्छदार भन्छन्–राजेन्द्र महतो राष्ट्रघाती
गच्छदार भन्छन्–राजेन्द्र महतो राष्ट्रघाती
Posted by Unknown
Posted on 2:37 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment