Home » » किन ओली सरकारको पक्षमा बोल्दैछिन् सुजाता कोइराला ?

किन ओली सरकारको पक्षमा बोल्दैछिन् सुजाता कोइराला ?


सरकार ढाल्ने ग्राइन्ड डिजाइन भइरहेको दाबी

दैलेख, १९ पुस । आजभोली नेपाली काँग्रेसकी नेत्री
सुजाता कोइरालालाई प्रधानमन्त्री केपी शर्मा
ओली नेतृत्वको सरकार ढल्ने चिन्ता हुन थालेको छ ।
यो भन्दा पहिला आफ्नै पार्टीले नेतृत्व गरेको
सरकारबारे केही नबोलेकी सुजाता अहिले भने हरेक
कार्यक्रममा सरकार टिकाउनुपर्ने र ओली सरकार
बाच्नुपर्ने धारणा राख्दै आएकी छिन् । उनले यसरी
सरकारको पक्ष लिनुको ठूलै कारण हुनसक्ने
विश्लेषकहरु बताउँछन् ।
यसैक्रममा सुजाताले आइतबार पनि सरकार ढाल्ने
खेलमा नलाग्न आग्रह गरिन् । ‘सरकार ढाल्ने खेलमा
लाग्दा मुलुक झन् अस्थिरतामा फस्न सक्छ’ उनले
भनिन् ।
नेपाललाई शक्तिशाली बन्न नदिन सरकार टिक्न
नदिनेको ‘ग्रान्ड डिजाइन’ नै चल्ने गरेको छ” नेपाल
प्रेस युनियनद्वारा दैलेखमा आयोजित पत्रकार
भेटघाटमा कोइरालाले भनिन्, “नेपालमा एउटा
सरकार पाँच वर्ष टिकेको इतिहास छैन । छिमेकी
भारतमा जति कमजोर सरकार भएपनि पाँच वर्ष
टिक्न दिन्छन् ।”

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved