Home » » संसारकै सबैभन्दा बढी बच्चा जन्माउने महिला, जस्ले जन्माइन् ५१ वर्षमा ६९ वटा बच्चा

संसारकै सबैभन्दा बढी बच्चा जन्माउने महिला, जस्ले जन्माइन् ५१ वर्षमा ६९ वटा बच्चा


काठमाडौँ, २० मंसिर । झट्ट सुन्दा
अपत्यारिलो लाग्न सक्छ तर यो खबर सत्य हो
। प्रसंग हो एक महिलाले आफ्नो जीवनकालमा
६९ वटा बच्चा जन्माएको । रुसका किसान
फिओडोर वासिलयेवकी पत्नीले ४० वर्षको
अन्तरालमा ६९ वटा बच्चालाई जन्म दिएकी हुन्
। उनले ५१ वर्षको उमेरमा सब ैबच्चाहरुलाई जन्म
दिइ सकेकी थिइन् ।
डेलीमेलका अनुसार यि सबै बच्चा पढ्ने स्कुलमा
१७ वटा जुम्लयाहा बच्चाले पढ्थे । यि
महिलाले ४ पटक चम्ल्इाहा बच्चा जन्माइन् र
अन्य तिम्ल्इाहा र एक वटा गरेर २९ वटा पनि ।
जॉन्स हॉपकिंस युनिवर्सिटीका डिविजन
अफ रिप्रोडक्टिव साइन्स एण्ड वुमन हेल्थ
रीसर्चका निर्देशक डायरेक्टर जेम्स सेगार्सले
गरेको गहन अध्यन पश्चात यो तथ्य बाहिर
आएको हो ।
उनका अनुसार उक्त महिला १५ वर्षको उमेरमा नै
महिनावारी भएको हो भने अन्तिम
महिनामारी ५१ वर्षसम्म जारी रहेको थियो
। र यो खबर हो सत्रौँ शताब्दीको । ति
महिलाले १७२५ देखि १७६५ सम्मको समयमा
जन्माएकी हुन् । जुन कुरा अहिलेको २१ औँ
शताब्दीमा सम्भव छैन भने १७ औँ शताब्दीमा
कसरी सम्भव भयो भनेर प्रश्न उब्जिएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved