Home » » समाजमा उदाहरणीय कार्य : एकल महिलाले गरिन् विवाह

समाजमा उदाहरणीय कार्य : एकल महिलाले गरिन् विवाह


तेजन खड्का, उर्लाबारी, २० मङ्सिर, हाम्रो
समाजमा श्रीमानको निधन भएपछि महिलाहरु
एकल बसेर जीवन एक्लै व्यतित गर्दै आएका छन् ।
समाजले के भन्ने हो र गर्ने हो भनेर एक्लै जीउन बाध्य
हुन्छन् । यद्यपि, उर्लाबारी—१ मोरङकी एकल
महिला २९ वर्षीया सारदा खड्काले त्यस्तो
नसोची जीवनलाई अगाडि बढाउन चाहिन् ।
पथरी–शनिश्चरे १ देवीगञ्ज, मोरङ निवासी
टेकबहादुर राउतसँग परम्परागत तरिकाले वैवाहिक
जीवनमा बाँधिएकी हुन् । बेहुला राउतले बेहुली
सारदाको घर उर्लाबारीमा जन्तीसहित आएर विहे
गरे ।
हालका श्रीमान राउतको श्रीमतीसँग छोडपत्र
भईसकेको छ भने सारदाका पहिला श्रीमान मोरङ
केरौन निवासी सुन्दर कार्कीको विवाह भएको
केहि दिनमै बैदेशिक रोजगारीमा गएको बेला उतै
निधन भएको थियो । श्रीमानको निधन भएपछि
माइतीमै बस्दै आएकी सारदाले लामो जिन्दगी
जीउन सहज होस् भनेर आफन्तको सरसल्लाहामा नै
विवाह गरेकी हुन् ।
सारदाको विवाहमा उनका पूर्वश्रीमान, २ जना
काका ससुरा र काकीसासुहरुले समेत उनीहरुलाई
टिका लगाईदिएर आर्शिवाद दिएका थिए । 'घर
परिवारबाट सासु ससुराको सरसल्लाहमा नै विवाह
गरेकी हुँ', सारदाले भनिन् । सारदाले मानव
अधिकारको लागि क्रियाशिल एकल महिला समुह
उर्लाबारीमा सह—सचिवको पदमा रहेर जिम्मेवारी
सम्हाल्दै आएकी छिन् ।
परम्परागत मूल्य मान्यतामा आधारित सामाजिक
संरचना भएकै कारण एकल महिलाको पुनर्विवाहलाई
समाजले खासै थालनी नगरेको अवस्थामा यो
उदाहरणीय कार्यको थालनी भएको एकल महिला
समुह उर्लाबारीकी अध्यक्ष शोभा चेम्जोङ
पालुङ्वाले बताइन् । यस्ता कार्यले अरु एकल महिला
तथा परिवारलाई पनि पुनर्विवाहको लागि
सकारात्मक शिक्षा हुने अध्यक्ष पालङ्वाको
बुझाई छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved