पुस ४, २०७२- पश्चिम बंगाल
राज्यसभाले दार्जिलिङ
जिल्लाअन्तर्गत रहेको ‘हिल स्टेसन’
कालिम्पोङलाई शुक्रबार अलग्गै
जिल्ला घोषणा गरेको छ । अब
प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा दुई
जिल्ला कायम भएका छन् ।
अलग जिल्ला बनाउने राज्य सरकारको
घोषणापछि कालिम्पोङमा
हर्षोल्लास छाएको छ । गोर्खा
जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले
कालिम्पोङलाई जिल्ला र मिरिकलाई
सब–डिभिजन बनाउने राज्य सरकारको
कदमको स्वागत गरेका छन् । उनले आफ्नो
आधिकारिक फेसबुक एकाउन्टमा लेखेका
छन्– ‘कालिम्पोङ जिल्ला बन्नु
गोर्खाल्याण्ड प्राप्तिका लागि
कोसेढुंगा सावित हुने छ ।’
अन्य दलहरूले भने कालिम्पोङलाई
दार्जिलिङबाट अलग्याएर
गोर्खाल्याण्डको आन्दोलन तुहाउने
राज्य सरकारको रणनीति रहेको दाबी
गरेका छन् । ‘ममता बेनर्जीले जिल्ला
टुक्राएर गोर्खाबीच विभाजन गर्न
खोजिरहेकी छन्,’ अखिल भारत गोर्खा
लिगका एक नेताले भने ।
कालिम्पोङ सन् १७०० सम्म सिक्किमको
एक भाग थियो । १८ औं शताब्दीको
प्रारम्भतिर भुटानले युद्धमार्फत् यसलाई
कब्जा गरेको थियो । एङ्लो– भुटान
युद्धपछि सन् १८८५ मा यसलाई
दार्जिलिङमा गाभिएको इतिहासमा
उल्लेख छ । दुई सय वर्षपछि कालिम्पोङ
पुन: दार्जिलिङबाट अलगिएको हो ।
राज्य सरकारले कालिम्पोङसँगै
झारग्राम, बसिरहाट र बद्र्धमानलाई
पनि जिल्ला घोषणा गरेको छ ।
गोजमुमोका पूर्व प्रवक्ता तथा
विधानसभाका विधायक डा.
हर्कबहादुर क्षेत्रीले गत नोभेम्बरदेखि
कालिम्पोङलाई अलग जिल्ला बनाउने
अभियान सुरु गरेका थिए ।
क्षेत्रीले नै राज्य सरकारलाई
कालिम्पोङ जिल्ला बनाउन प्रस्ताव
गरेपछि सरकारले कार्यान्वयन गरेको हो
। ‘कालिम्पोङलाई जिल्ला बनाउने
राज्य सरकारको कदम प्रशंसनीय छ,’
क्षेत्रीले भने, ‘कालिम्पोङ
दार्जिलिङको अधीनबाट टाढा बस्न
चाहिरहेको थियो ।’
दार्जिलिङसहित मिरिक, कालिम्पोङ
र खरसाङ दार्जिलिङ जिल्लाका मुख्य
सहर हुन् । कालिम्पोङ अलग्गै जिल्ला
बनेपछि दार्जिलिङको क्षेत्रफल
साँघुरिएको छ ।
गोजमुमोले सिंगो दार्जिलिङ
जिल्लासहित तराईको सिलिगुडी र
टिष्टापारिको डुबर्सलाई
गोर्खाल्याण्डको मानचित्रमा
अटाउनुपर्ने जिकिर गर्दै आएको थियो ।
तर, नेपालीभाषी बाहुल्य क्षेत्र
कालिम्पोङ पनि दार्जिलिङबाट
अलगिएकाले गोर्खाल्याण्ड गठनमा
कठिनाइ उत्पन्न भएको छ ।
मोर्चा टोलीले बिहीबार
प्रधानमन्त्री तथा भारतीय जनता
पार्टीका नेता नरेन्द्र मोदीलाई भेट
गरी तत्काल गोर्खाल्याण्ड गठन गर्न
आग्रह गरेका छन् । गत वर्षको
विधानसभा निर्वाचनमा
दार्जिलिङवाट उम्मेद्धार बनेका
भाजपा उपाध्यक्ष एसएस
अहलुवालियाको प्रचारमा आएका
मोदीले भाजपा सरकार बनेपछि
गोर्खाल्याण्ड गठनको आश्वासन
दिएका थिए । ‘त्यही पूरा गराउन
मोर्चा टोलीले मोदीलाई भेटेको हो,’
मोर्चाका महासचिव रोशन गिरीले भने,
‘गोर्खाल्याण्डबारे सरकार सकारात्मक
छ ।’
Home »
Nepali News
» कालिम्पोङ अब जिल्ला...
कालिम्पोङ अब जिल्ला...
Posted by Unknown
Posted on 8:54 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment