Home » » दमन गरेको भन्दै मधेसी मोर्चाद्वारा सरकारको कडा आलोचना

दमन गरेको भन्दै मधेसी मोर्चाद्वारा सरकारको कडा आलोचना


काठमाडौं, १८ मंसिर । सर्लाही जिल्लामा मधेसी मोर्चाको आमसभा र आन्दोलनमा प्रहरी दमन भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कडा आपत्ति जनाएको छ ।

मधेसी मोर्चाले बिहीबार सर्लाहीको नवलपुरमा आमसभाको आयोजना गरेको थियो । तर चरे भावर राष्ट्रिय एकता पार्टीले बिथोलिदिएपछि दुबै पक्षबीच हुन सक्ने झडपको अवस्थालाई लिएर प्रहरीले हस्तक्षेप गरेको थियो ।

हस्तक्षेपमा मधेसी मोर्चा र प्रहरीबीच झडप भएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो । झडपमा मधेसी मोर्चाका केही कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

चुरे भावरको अबरोध र प्रहरीको हस्तक्षेपछि मधेसी मोर्चाका कार्यकर्ताले नवलपुरमा आमसभा गर्न सकेका थिएनन् । मधेसी मोर्चाका कार्यकर्ता तितरबितर भएपछि चरे भावरले सो क्षेत्रमा कब्जा जमाएर बसेको थियो ।

सोही विषयलाई लिएर मधेसी मोर्चाले आपत्ति जनाएको हो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज बिहान हामीसँग कुरा गर्दै भन्नुभयो, ‘यो राज्यले मदन गरेर मधेसीलाई तह लागउन खोजेको छ ।’ उहाँले राज्यदमनबाट आफूहरू कदापि पछाडि नहट्ने अधिकारको लडाइँ जारी रहने बताउनुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved