Home » » ‘रोबोट २’ को बजेट नेपाली ५ अर्ब

‘रोबोट २’ को बजेट नेपाली ५ अर्ब

ताजाखबर। सन् २०१० मा प्रदर्शनमा आएको
चर्चित अभिनेता रजनीकान्तअभिनित चलचित्र
‘रोबोट’को सिक्वल निर्माण हँदैछ । त्यसैले
यति बेला चलचित्रलाई भारतको सबैभन्दा
मंहगो चलचित्रका रूपमा हेर्न थालिएको छ ।
आधिकारिक रुपमा पुष्टि नगरिए पनि
चलचित्रको बजेट २५० देखी ३०० करोड भारू हुने
बताइन्छ। चलचित्रका निर्देशक शंकरले आफ्ना
निर्माताहरुलाई चलचित्रको सिक्वल २५०
करोड भारू भन्दा कममा सम्पन्न गर्न नसकिने
जनाएका छन् । चलचित्रको पोस्ट प्रोडक्सनमा
धेरै समय र बजेट खर्च हुनेछ ।
चलचित्रमामा रजनीको हिरोइन् एमी
ज्याकसन हुने सम्भावना प्रबल छ । त्यस्तै
चलचित्रमा हलीउडस्टार आर्नोल्ड
स्वाजनेगरलाई मुख्य खलनायकको भूमिकाको
लागि प्रस्ताव गरिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved