Home » » भारतले दियो नाका खोल्ने संकेत

भारतले दियो नाका खोल्ने संकेत

काठमाडाैं मंसिर १८ – भारतीय विदेशमन्त्री
स्वराजले परराष्ट्रमन्त्री थापासँग प्रत्यक्ष र
प्रधानमन्त्री ओलीसँग टेलिफोनमा संवाद गरेर
नाका खोल्ने संकेत दिएकी छिन् ।
परराष्ट्रमन्त्री कमल थापा दिल्ली पुगेपछि
सुष्मा स्वराजसाग वार्ता गरेका थिए ।
नेपालले भारतसाग मित्रता चाहेको हो कि
होइन भनेर स्वराजले सोधेकी थिइन् ।
थापाले भारतसागको मित्रतालाई नेपालले
सधौ प्राथमिकतामा राखेको जवाफ दिएका
थिए । समस्या भारतबाटै भएको उनको भनाइ
थियो । कांग्रेस नेतृत्वको सरकारले संसद्मा
दर्ता गराएको संविधान संशोधन प्रस्ताव
पारित भए नाका खोल्ने संकेत उनले दिएकी
थिइन् । लगत्तै सुष्मा स्वराज र प्रधानमन्त्री
ओलीबीच टेलिफोन संवाद भएको थियो । तर,
संशोधन पारित भएपछि पनि मधेस आन्दोलन
फिर्ता हुने वा नहुने र नाका खुल्ने वा नखुल्ने
विषयमा प्रधानमन्त्री ओली थप विश्वस्त हुन
चाहे ।
त्यसैले बिहीबार पनि उनले सुष्मा स्वराजसाग
संवाद गर्न खोजे । सुष्मा स्वराज र ओलीबीच
दोस्रो संवाद हुादा बालुवाटारमा तीन
दलको बैठक बसिरहेको थियो । भारतको
तर्फबाट परराष्ट्रमन्त्री स्वराजले दुवै विषयमा
विश्वस्त बनाएपछि बालुवाटारमा तीन
दलबीच सहमति भयो– संविधान संशोधन
प्रक्रिया अघि बढाउने र मधेसी मोर्चा
सम्मिलित राजनीतिक समिति बनाएर तीन
महिनामा सीमांकन टुंग्याउने ।आजको नयाँ
पत्रिका दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved