Home » » मधेसी मोर्चाः भारतले लखेटे भाग्ने, फेरि उतै गएर नेपालमा ढुंगा हान्ने !

मधेसी मोर्चाः भारतले लखेटे भाग्ने, फेरि उतै गएर नेपालमा ढुंगा हान्ने !

नेपालगन्ज, मंसिर १६ । बाँकेको
नेपालगन्जस्थित जमुनाहा नाकामा बुधबार
पनि आन्दोलनकारी र प्रहरीबीच झडप भएको
छ ।
झडपकैक्रममा आन्दोलनकारीले प्रहरीमाथि
पेट्रोल बमसमेत प्रहार गरेका छन् । झडपमा चार
प्रहरीसहित आधादर्जन आन्दोलनकारी घाइते
भएका छन् ।
मोर्चाका कार्यकर्ताबाट भारतीय
भूमिमा बसेर ढुंगा प्रहार भएपछि दिउँसो
केहीबेर स्थिति असहज बनेको
थियो ।
यसअघि, सोमबार राति नाकामा धर्ना
दिएर बसेका प्रदर्शनकारीलाई प्रहरीले
हटाउन खोज्दा दुईतर्फी झडप भएको थियो ।
सो झडपपछि भारतीय सीमा सुरक्षा बल
(एसएसबी)ले ‘माथिको आदेश’ भन्दै नाकामा
कडाइ गर्दै आएको छ ।
गत सोमबारयता यो नाका भएर कुनैपनि
पेट्रोलियम पदार्थ र मालबाहक गाडी नेपाल
प्रवेश गरेका छैनन् ।
बुधबार दिउँसो नाकामा तनाब उत्पन्न
भएपछि केहीबेर पैदलयात्रीलाईसमेत आवत–
जावतमा रोक लगाइएकोमा साँझबाट
खोलिएको छ ।
गत सोमबार नेपाल प्रहरीले दशगजा क्षेत्रबाट
मधेसी मोर्चाका कार्यकर्तालाई हटाएपछि
प्रदर्शनकारीले भारतीय भूमिमै बसेर प्रदर्शन
सुरु गरेका हुन् ।
भारतीय प्रहरीले लखेट उनीहरु दशगजामा
आउने र प्रहरी गएपछि फेरि भारतीय भूमिमै
बसेर प्रदर्शन गर्दै आएका छन् ।
यो नाकामा बसेर प्रदर्शन गर्ने मोर्चाका
कार्यकर्ता संख्या मात्र ४० देखि ५० जना
रहेका छन् ।
बुधबारको झडपपछि एसएसबीले सीमाबाट
आन्दोलनकारीलाई लखेटेको छ ।
सीमावर्ती क्षेत्रको समकक्षीसँग वार्ता
गरी आवागमन सुचारु बनाउने प्रयास भइरहेको
बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश
लेखकले जानकारी दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved