Home » » सरकारले आजदेखि विद्युतीय हस्ताक्षर प्रयोग गर्यो, राष्ट्रपति भण्डारीद्वारा शुभारम्भ

सरकारले आजदेखि विद्युतीय हस्ताक्षर प्रयोग गर्यो, राष्ट्रपति भण्डारीद्वारा शुभारम्भ

काठमाडौं, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी
भण्डारीले आज एक समारोहका बीच नेपालमा
पहिलोपटक विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुभयो

विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दाे
बनाउने हेतुले प्रमाणीकरण नियन्त्रकको
कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ र सो
सम्बन्धी नियमावली, २०६४ अन्तर्गत सो कार्यको
सुरुवात गरेको हो ।
विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुहुँदै राष्ट्रपति
भण्डारीले सूचना प्रविधिको यथोचित प्रयोग
गर्दै सार्वजनिक सेवालाई सुरक्षित, भरपर्दाे, वैध र
सहज बनाई आमजनतामाझ पहुँचयोग्य बनाउँदै लैजानु
आजको आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सार्वजनिक सेवा प्रवाहका
क्रममा कारोवारको विश्वसनीयता कायम गर्दै
गलत र किर्ते कागजात एवम् नक्कली दस्तखत प्रयोग
गरी कामकाज गर्ने तथा सेवा लिनेदिने प्रवृतिको
अन्त्य गरी विद्युतीय सुशासनको सञ्चालन गर्ने
सरकारको प्रयासमा यो कार्य कोशेढुङ्गा
सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विद्युतीय हस्ताक्षरको प्रयोगबाट
व्यवसायको आधुनिकीकरण हुने मात्र नभई नागरिक
सरोकारका दैनिक कामकाज एवम् सेवा प्रवाह
छिटो छरितो र भरपर्दाे भई नागरिक सन्तुष्ट हुने र
सरकार, व्यवसायी तथा जनता बीचको सुमधुर
सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले
नेपालमा यो कार्य नयाँ सुरुवात भएको बताउँदै
राजनीतिक आन्दोलनपछिको आर्थिक विकासका
लागि विज्ञान र प्रविधिले थप योगदान पु
¥याउने विश्वास व्यक्त गर्नभयो ।
विद्युतीय हस्ताक्षर कार्यको शुभारम्भसँगै देखापर्ने
चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्ने बताउँदै
प्रधानमन्त्री ओलीले समग्र सामाजिक
क्रियाकलापलाई विद्युतीय सुशासनतर्फ डो
¥याउने सङ्कल्पका रुपमा यो कार्य अघि बढेकोमा
खुसी व्यक्त गर्नुभयो । उहाँले विद्युतीय
हस्ताक्षरको कार्यलाई सफल बनाउन सरकारका
तर्फबाट पूर्ण सहयोग र साथ रहने विश्वास
दिलाउनुभयो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले
विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दाे
बनाउन विद्युतीय हस्ताक्षर कार्य एक माध्यम
रहेको बताउँदै यसले अभिलेखलाई अनधिकृतबाट
दुरुपयोग हुने कार्यलाई नियन्त्रण गर्ने बताउनुभयो ।
यो कार्य सुरु भएपछि सरकारले सुरु गरिसकेको तथा
भविष्यमा गर्ने विद्युतीय सुशासनअन्तर्गत जनताले
घरमै बसेर सार्वजनिक सेवा लिन सक्ने र व्यवसायीले
यसको प्रयोगबाट प्रभावकारी सेवा दिन सक्ने
विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा सञ्चार सचिव सुनिलबहादुर मल्ल,
अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल, बङ्लादेश र
भूटानका लागि देशीय प्रबन्धक वेन्डी जो वेर्नर
तथा प्रमाणीकरण नियन्त्रकको कार्यालयका
नियन्त्रक वीरेन्द्रकुमार मिश्रले विद्युतीय
हस्ताक्षरको कार्यले सार्वजनिक सेवा प्रवाहमा
हुने लाभका बारेमा चर्चा गर्नुभएको थियो ।
विद्युतीय हस्ताक्षर जारी गर्न प्रमाणीकरण
नियन्त्रककोे कार्यालयले रेडियण्ट इन्फोटेक नेपाल
कम्पनीलाई इजाजत प्रदान गरेको छ । सो
कम्पनीबाट विद्युतीय हस्ताक्षर÷प्रमाणपत्र जारी
हुने बताइएको छ ।
विद्युतीय हस्ताक्षर प्रयोगमा आएपछि अनलाइन
एप्लिकेसन, ई–बैकिङ, ई–पेमेन्टसम्बन्धी कार्य
सुरक्षित, भरपर्दाे तथा कानुनी रुपमा वैध हुनुका
साथै सुशासन प्रवद्र्धनमा समेत सहयोग पुग्ने
विश्वास लिइएको छ ।
समारोहमा विद्युतीय हस्ताक्षर कार्यको
शुभारम्भ पछि पहिलो विद्युतीय
हस्ताक्षरसम्बन्धी ‘टोकन’ राष्ट्रपति भण्डारीलाई
प्रदान गरिएको थियो । त्यसपछि सोही
प्रकारको टोकन प्रधानमन्त्री ओली र
सञ्चारमन्त्री राईलाई पनि प्रदान गरिएको
थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved