Home » » ३४० लिटर डिजेलसहित भारतीय नागरिक पक्राउ

३४० लिटर डिजेलसहित भारतीय नागरिक पक्राउ


काठमाडौं–बढी मुल्यमा पेट्रोलियम पदार्थ बिक्री
गरेको भन्दै एक भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित ओम
नमशिवाय वर्कशपका संचालक भारत रक्सौल घर भएका
२२ वर्षीय बालेश्वर साहलाई प्रहरीले ३ सय ४० लिटर
डिजेल सहित पक्राउ गरेको हो।
साहले प्रति लिटर २ सय ३० मा डिजेल बिक्री
गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त
कालिमाटीवाट खटिएको टोलीले उक्त डिजेल सहित
सोमबार साहलाई पक्राउ गरेको हो ।
यसैगरी किर्तिपुर नगरपालिका–३ स्थित किर्तिपुर
मोटर ड्राइभिङ सेन्टरबाट बढी मूल्यमा पेट्रोल बिक्री
गरिरहेका झापा बाहुनडाँगी–८ घर भएका २२ बर्षीय
मनोज गुरागाईलाई प्रहरीले सोमबार ३ सय ५ लिटर
पेट्रोल सहित पक्राउ गरेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved