Home » » ‘कैफियत’मा बेजोड एक्सन, नन्दिताको भूमिका भने यस्तो

‘कैफियत’मा बेजोड एक्सन, नन्दिताको भूमिका भने यस्तो


माघ १५ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कैफियत’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार
सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले आफू पनि सशक्त बिषयका साथ प्रतिस्पर्धामा उत्रिएको छनक देखायो ।
यही मितिमा चलचित्र ‘पशुपति प्रसाद’ पनि प्रदर्शनमा आउँदैछ ।
चलचित्रको बिषय र प्रस्तुतीलाई लिएर नव-निर्देशक दशरथ गिरी आत्मविश्वासी देखिए । उनले चलचित्र भित्र दर्शकलाई
चाहिने सबै बिषय समावेश गरेको बताए । सार्वजनिक ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।
ओम दक्षिणकाली फिल्मस् प्रालीको ब्यानरमा बनेको यो चलचित्रलाई चिन्तामणी बरालले प्रस्तुत गरेका हुन् ।
चलचित्रमा नन्दिता केसीको साथमा नविन श्रेष्ठ, सीपी पौडेल, शंकर शाही ठकुरी, किसान सुनवार, साजन थापाको
मुख्य भूमिका छ ।
अर्जुन पोख्रेलको संगीत रहेको यो चलचित्रमा माधव शर्माको संवाद र कथा छ । चलचित्रलाई धना देवकोटाले निर्माण
गरेकी हुन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved