Home » » ‘बलात्कारी’ले कारागारभित्र प्रेमिका बोलाएर बिहे गरे

‘बलात्कारी’ले कारागारभित्र प्रेमिका बोलाएर बिहे गरे

बझाङ, १६ मंसिर । जबरजस्ती करणीको मुद्दामा
कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर
भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती
गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका
छन्।
माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित
दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको
कारागारमा बिहे गरिएको अन्नपूर्ण पोष्ट दैनिकले
समाचार छापेको छ ।
‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ’,
दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर
हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्यो
भनेर बोलाइयो । हाम्रो संस्कारअनुसार विवाह
गरिदियौं ।’
साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी
पूजालाई आफन्तले कारागारमा लगेपछि
जेलभित्रबाट भरतलाई बाहिर निकालियो र
आधा घन्टामा विवाह सकियो ।
विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई
बाहिर ल्याइएको थियो ।
कारागारमा भएको विवाहमा कैदी भरतले
पूजाको शिरमा सिन्दुर र औंलामा औंठी
लगाइदिए ।
टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको
संकेत गर्दा आफन्तले ताली बजाएका थिए ।
विवाह भई हात मिलाएर बिछोड हुँदा
दुलाहादुलही दुवैका आँखा रसाए।
८ वर्षदेखि जेलमा रहेका ३० वर्षीय भरतसँग भेट्न
यसअघि पनि पूजा कारागार आउने गर्थिन् ।
कारागारका जेलर राजेन्द्रबहादुर बोहराले भने,
‘उनीहरूको गाउँमा पनि चिनजान रहेछ। मन मिलेर
बिहे भयो।’
केही भेटघाट र केही फोनबाट भरत र पूजाको माया
गाढा भएको थियो ।
भरतको घरमा पनि बुबाआमा बूढाबूढी भएकाले
कामको समस्या हुँदा विवाह गरेको उनले बताए ।
विवाहका उपलक्ष्यमा भरतका बुबाले कैदीलाई
मिठाइ, फलफूल र प्रसाद दिएका थिए ।
१९ वर्षकी पूजाले श्रीमान् कारागारबाट नछुटुन्जेल
घरको कामकाज गर्ने बताइन् ।
२ वर्षपछि भरतको कैद भुक्तान हुनेछ । पूजा र भरत
सामान्य साक्षर हुन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved