रौतहट–आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र
प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन्।
रौतहट प्रहरी प्रवक्ता राजेन्द्र पोखरेलले
आन्दोलनकारीले ढुंगा प्रहारबाट प्रहरी नायव
निरीक्षक त्रिभुवन साहसहित ११ जना प्रहरी घाइते
भएका हुन्।
शनिबार मधेसी मोर्चाका कार्यकर्ताले कविर
चोकमा टायर बालेर सडक अबरुद्ध पारेपछि प्रहरीले
हस्तक्षेप गरेको थियो। मोर्चाका कार्यकर्ताले
सडकमा टायर बालेर प्रहरीमाथि ढुंगा मुडा प्रहार
गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार
राउण्ड हवाइ फायर र आठ राउण्ड अश्रुग्यास प्रहार
गरेको छ। प्रहरीले मोर्चाका एक कार्यकर्तालाई
पक्राउ गरेपछि मोर्चा कार्यकर्ताले प्रहरीमाथि
ढुंगामूडा प्रहार गरेका हुन्। अहिले गाैरस्थित वीपी
चोक तनावग्रस्त छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारदेखि
आन्दोलनलाई कडा बनाउन निर्णय गरेसँगै मोर्चाका
कार्यकर्ता विहानैदेखि सडकमा निस्केर विरोध
गरिरहेका छन्। मोर्चाका कार्यकर्ताले एउटा
बारुणयन्त्र तोडफोड गरेका छन्। मोर्चाका
कार्यकर्ताले प्रहार गरेको ढुंगाबाट बारुणयन्त्रको
अगाडिको सिसा फुटेको छ भने चालक घाइते भएका
छन्।
Home »
Nepali News
» रौतहटको गाैर तनावग्रस्त,११ प्रहरी घाइते
रौतहटको गाैर तनावग्रस्त,११ प्रहरी घाइते
Posted by Unknown
Posted on 3:33 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment