Home » » सुजाताले भनिन्- जनतामा कांग्रेस ‘ड्यामेज’ भइरहेको छ

सुजाताले भनिन्- जनतामा कांग्रेस ‘ड्यामेज’ भइरहेको छ


'प्राधिकरण विधेयक रोकेर भूकम्पपीडितको घाउमा
नूनचूक नहालौं'
२६ मंसिर, काठमाडौं । केही जिल्लाहरुको भ्रमण गरेर
राजधानी फर्किएकी कांग्रेस नेतृ सुजाता कोइरालाले
केही नेताहरुले पार्टीलाई उल्टो बाटो हिँडाएर
जनतामा बदनाम गराइरहेको आरोप लगाएकी छन् ।
भूकम्पबाट ध्वस्त संरचनाहरुको पुननिर्माणसम्बन्धी
विधेयक अघि बढ्न नदिनु पार्टीको ठूलो भूल भएको भन्दै
नेतृ कोइरालाले यसबाट कांग्रेस बदनाम भएको बताइन् ।
अनलाइनखबरसँग कुरा गर्दै कोइरालाले भनिन्- ‘यो के
भइरहेको हो मैले बुझ्न सकेकी छैन, बाहिर जनताबीच
कांग्रेस ड्यामेज भइरहेको छ । भूकम्पपीडित जनतामाथि
कांग्रेसले अपराध गरेको आरोप आइरहेको छ ।’
आफू दुई दिनसम्म संसद बैठकमा गए पनि कांग्रेसले किन
प्राधिकरण विधेयक पेश हुन दिएन भन्ने बुझ्न नसकेको
कोइरालाको भनाइ छ । ‘हाम्रो नेतृत्व पूरै असफल भएको
छ, कसले निर्णय गर्ने, कसले निर्देशन दिने भन्ने थाहै हुन
छाडेको छ’ कोइरालाले भनिन् ।
भूकम्पपीडितहरु खुला आकासमुनि बाँच्न बाध्य भइरहेका
बेला प्राधिकरण सम्बन्धी ऐन पारित नगर्नु उनीहरुको
पीडामाथि नूनचूक छर्ने काम भएको कोइरालाले
बताइन् ।
कांग्रेसले संविधान संशोधन विधेयकसमेत सँगै पेश हुनुपर्ने
भनेर लिएको अडानको पनि कोइरालाले बिरोध गरिन्
। सीमांकनमा कुरा नमिलेसम्म अहिले संविधान संशोधन
गर्न आवश्यक नरहेको उनले प्रष्ट पारिन् ।
‘संविधान संशोधन किन गर्ने ? समावेशी समानुपातिक
यो संविधानमै छ,जनसंख्याका आधारमा निर्वाचन
क्षेत्र भनिएकै छ, मधेशी मोर्चाको माग सीमांकनमा
हो, यसको कुरा नमिली संशोधन विधेयक किन
चाहियो ?’ कोइरालाले प्रश्न गरिन् ।
आफू एक सातासम्म मध्य र सुदूरश्चिमको भ्रमण गर्न जाँदा
कार्यकर्तामा कांग्रेस नेतृत्वप्रति घोर निराशा
पाएको र पार्टी जनताबीच बदनाम भएको अनुभव गरेको
कोइरालाले सुनाइन् ।
उनले भनिन्- हिजो सुशील दाइले प्रधानमन्त्रीमा
उम्मेदवारी दिएर ठूलो गल्ती गर्नुभयो, आज प्राधिकरण
विधेयक पेश हुन नदिएर झन् ठूलो गल्ती भइरहेको छ, यो
कांग्रेसलाई सिध्याउने खेल हो ।
आगामी महाधिवेशनमा सभापतिको दाबी गरिरहेकी
कोइरालाले अब कांग्रेसमा नयाँ नेतृत्व आवश्यक रहेको
बताइन् । आफूलाई सभापति उठ्न कार्यकर्ताबाट दबाव
आएको उनले दाबी गरिन् ।
‘साथीहरुले तन, मन र धनले सघाउँछौं, तपाई उठ्नुस भनेका
छन्, म अब पूर्व र मधेसको भ्रमण गरेपछि आफ्नो धारणा
सार्वजनिक गर्छु’ कोइरालाले अनलाइनखबरसँग भनिन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved