Home » » पाँच रुपैयाँ मै विवाह सम्पन्न

पाँच रुपैयाँ मै विवाह सम्पन्न

जाजरकोट । यहाँको एक जोडीले पाँच रुपैयाँको
सिन्दूरमा आफ्नो विवाह सम्पन्न गरेका छन् ।
खलङ्गा भेरी मालिका–२ तिमिलेका प्रेमवहादुर
ओली र रुकुम नुवाकोट–२ की कमल केसी ले रु
पाँचको सिन्दूर मात्र किनेर आफ्नो औपचारिक
विवाह सम्पन्न भएको घोषणा गरेका हुन् । शुक्रबार
बेलुकी ती जोडीले विप्लव नेतृत्वको नेकपा
(माओवादी) जाजरकोट दलको कार्यालयमा
पाँच रुपैयाँको अबिर दुलही र दुलाहले एकले
अर्कालाई लगाएर औपचारिक विवाह सकिएको
हो । धन सम्पत्तिको होडबाजी लगाएर विवाह
गर्ने चलन अन्त्य गर्दै सर्वहारा तरिकाले विवाह
गरेको उनीहरुले बताएका छन् ।
कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पार्टीका
उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता
थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved