Home » » भारतलाई चुनौति दिँदै उर्जामन्त्री ल्याए नयाँ प्रस्ताव, आधुनिक प्रविधि प्रयोग गरेर एक वर्षभित्रै देश लोडसेडिङ मुक्त.....

भारतलाई चुनौति दिँदै उर्जामन्त्री ल्याए नयाँ प्रस्ताव, आधुनिक प्रविधि प्रयोग गरेर एक वर्षभित्रै देश लोडसेडिङ मुक्त.....

काठमाडौँ, १ पुस । उपप्रधान एवम् ऊर्जा मन्त्री
टोपबहादुर रायमाझीले सामुदायिक ग्रामीण
विद्युतीकरणमा लागेका संस्थाले प्रसारण र
वितरणमा मात्रै ध्यान नदिई सहकारीको
अवधारणामा विद्युत् उत्पादनमा लाग्नुपर्ने
बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण, सामुदायिक विद्युत्
उपभोक्ता राष्ट्रिय महासङ्घ र जर्मन सहयोग
नियोगले आज ललितपुरमा आयोजना गरेको
‘नेपालमा सामुदायिक ग्रामीण विद्युतीकरण,
नीति, प्रयोग तथा चुनौती’ विषयक कार्यशाला
उद्घाटन गर्दै उहाँले हालको प्रमुख आवश्यकता
विद्युत् उत्पादन भएकाले त्यसमा जोड दिनुपर्ने
बताउनुभयो ।
प्राकृतिक स्रोत तथा साधनले धनी भएर पनि मुलुक
पछाडि पर्नुको खास कारण व्यक्तिवादी सोच
तथा ‘खुद्रे चिन्तन’ रहेको उल्लेख गर्दै उहाँले ऊर्जा
क्षेत्रमा देखिएको तमाम नीतिगत, प्रशासनिक
समस्या समाधान गरेर अगाडि बढ्न सरकार तयार
रहेको उल्लेख गर्नुभयो ।
परम्परागत तवरले ऊर्जा सङ्कट समाधान हुन नसक्ने
स्पष्ट पार्दै उहाँले आगामी एक वर्षभित्र जनताले
अनुभव गर्ने गरी विद्युत्भार कटौती कम गरिने
विश्वास दिलाउनुभयो ।
भारतको अघोषित नाकाबन्दीपछि मुलुकभर
विद्युत्को माग एक हजार ८०० मेगावाट रहेको
जानकारी दिँदै उहाँले जलविद्युत्, सौर्य ऊर्जा,
वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत्भार
कटौती कम गरिने स्पष्ट पार्नुभयो ।
ऊर्जा मन्त्रालय र प्राधिकरणबीचको समस्या,
मन्त्रालय–मन्त्रालयबीचको समस्यालाई
द्रुतमार्गबाट समाधान गर्न सरकार लागिपरेको
बताउँदै उहाँले सबै समस्या एकाध दिनमा समाधान
गर्ने बताउनुभयो ।
पछिल्लो दिनमा प्राधिकरणमा कार्यकारी
प्रमुखको विवादका कारण गत भदौ १० गतेदेखि
बोर्ड बैठक बस्न सकेको छैन । उपप्रधानमन्त्री
रायमाझीको सङ्केत थियो, “प्राधिकरणको
कार्यकारी प्रमुखको विवाद पनि केही दिनभित्रै
समाधान हुन्छ ।”
सरकार ग्रामीण सामुदायिक विद्युतीकरणलाई
अगाडि बढाउन तयार रहेको स्पष्ट पार्दै उहाँले
जनताको प्रत्यक्ष सहभागिता बढाउन, उनीहरुको
क्षमता वृद्धि गर्न, चुहावट नियन्त्रण गर्न र
रोजगारीको वृद्धि गर्ने भएकाले सरकार यो
प्रणालीलाई अगाडि बढाउन तत्पर रहेको
बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का नेता एवम् ऊर्जा
विभाग प्रमुख लीलामणि पोखरेलले भारतको
अघोषित नाकाबन्दीपछि काठमाडौँमा मात्रै
१४८ मेगावाट थप विद्युत् माग बढेको भन्दै उहाँले
प्राधिकरणलाई वैज्ञानिक आधारमा विद्युत्
मागको प्रक्षेपण गर्न आग्रह गर्नुभयो ।
आयोजना कब्जा गरेर राख्ने प्रवृत्ति भारतीय
लगानीकर्तामा देखिएको भन्दै उसको ध्येय विद्युत्
नभई पानी भएकाले नीतिगत रुपमा देखिएका
समस्या समाधान गरेर महत्वपूर्ण आयोजना नेपाली
लगानीमै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा बृहद् पानी प्रयोग रणनीति नै नभएको
उल्लेख गर्दै नेता पोखरेलले सरकारको गलत नीतिका
कारण नेपालमा ऊर्जा सङ्कट बढेको बताउनुभयो ।
नेकपा (एमाले) का नेता एवम् पूर्व सांसद् वसन्त
नेम्वाङले ग्रामीण क्षेत्रमा सहज रुपमा विद्युत् सेवा
उपलब्ध गराउन सामुदायिक संस्था नै उपयुक्त
भएकाले यसको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड
दिनुभयो । विद्युतीकरण मात्रै होइन उत्पादनलाई
पनि ध्यान दिन आग्रह गर्दै उहाँले प्राधिकरणले
बोझको रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गरेर
सेवा पनि हो भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय
महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले
सामुदायिक विद्युतीकरणमा देखिएका समस्या
समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले
दूरदराजका क्षेत्रका सहजरुपमा सेवा दिँदै आएका
सहकारी संस्थालाई सबल बनाउन सरकारले विशेष
ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
जर्मन सहयोग नियोग (जिआइजेड)का प्रमुख
प्राविधिक सल्लाहकार वर्ट जानभान वेजेकोनले
सामुदायिक विद्युतीकरणमा नेपालले अझै धेरै काम
गर्न बाँकी रहेको बताउनुभयो । ग्रामीण
विद्युतीकरणको क्षेत्रका सहकारी संस्थाहरुको
भूमिका प्रभावकारी रुपमा अगाडि बढेको भएपनि
केही नीतिगत तथा व्यवस्थापकीय समस्या भने
कायम नै रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्युत् तथा ऊर्जा क्षेत्रमा
क्रियाशील तथा सरोकार भएका व्यक्तिको
सहभागिता रहेको थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved