Home » » नयाँ कृषिमन्त्रीको यौनकाण्डको पर्दाफास !

नयाँ कृषिमन्त्रीको यौनकाण्डको पर्दाफास !

काठमाडौं, १ पुस । वर्तमान कृषिमन्त्री हरिबोल
गजुरेलको यौनकाण्ड पर्दाफास भएको छ ।
यस्तो छ कहानीः सिन्धुलीका माओवादी नेता
शेरमान कुँवर ‘विशाल’ र उनकी जीवनसंगिनी निरु
दर्लामी कुँवर ‘शिला’ पनि भूमिगत भइसकेका थिए
। त्यति नै बेला शिला बिरामी परिन् । उनको
उपचारार्थ पार्टीले काठमाडौंमा भूमिगत रुपले
सक्रिय हरिबोल गजुरेल ‘शीतलकुमार’लाई खटायो
। काठमाडौंको कलंकीमा कोठाभाडा लिएर
भूमिगत जीवन बिताइरहेका थिए शीतलकुमारले ।
शिला आइन्, उनलाई उपचारको क्रम पनि अघि
बढ्यो । यसका साथै शिलामाथि हरिबोलको
रोमान्टिक नजर पनि गढ्दै गयो । भूमिगत अवस्था,
सबैबाट बचेर हिँड्नुपर्ने र एउटै कोठामा कठिनसँग
बस्नुपर्ने । शिला बिरामी भए पनि हरिबोला र
शिलाबीच अन्तरंग सम्बन्ध कायम भयो । शिला
उपचार गराएर फर्किएपछि पार्टी मुख्यालयमा
उजुरी पर्यो, म बिरामी भएर उपचार गर्न गएका
बेला शीतलकुमारले जबर्जस्ती यौनसम्बन्ध कायम
गरेर अन्याय गरे, न्याय पाउँ भनेर । यो उजुरी ठूलो
बहसको बन्यो । यस काण्डमा हरिबोलले बाबुराम
भट्टराईको साथसहयोग खोजे । तर, बाबुरामले
यस्ता सांस्कृतिक विचलनमा उनलाई साथ दिन
नसक्ने प्रष्ट पारेका थिए ।
त्यतिबेलासम्म बाबुरामको प्रमुख सहयोगी र
सल्लाहकारका रुपमा रहेका हरिबोल यसै
बिषयलाई लिएर बचाउने आशाका साथ
प्रचण्डसमक्ष पुगे । प्रचण्डले हरिबोललाई च्यापे ।
त्यसदिनदेखि अहिलेसम्म पनि हरिबोल प्रचण्डका
कट्टर पक्षपातीका रुपमा रहिरहेका छन् ।
शिलाको उजुरीमा व्यापक छलफल गरी
हरिबोलका गतिविधि पार्टी, क्रान्तिविरुद्ध
रहेको निष्कर्षसहित पार्टी दस्तावेजमा समेत उल्लेख
गरियो ।
यस घटनापछि बाबुराम र हरिबोल कहिल्यै एकै
ठाउँमा उभिन सकेनन् । पछि केन्द्रीय समिति बैठक
सकेर कार्यक्षेत्रमा फर्कंदा सिन्धुलीका ३ जना
माओवादी केन्द्रीय नेता सेनाको कारवाहीमा
मारिए । यसमा शेरमान पनि परे । त्यसबेलादेखि
यो विषय रहस्यका रुपमा रहँदै आएको छ ।
एमाओवादी विभाजित हुनु केही महिनाअघि
पार्टी मुख्यालयमा शेरमानको हत्यामा हरिबोल
संलग्न रहेको भनी शिलाले उजुरी हालिन् । तर,
यसको कहिल्यै सुनुवाई भएन । बरु मोहन वैद्य
किरणको नेतृत्वमा पार्टी नै विभाजित भयो ।
हरिबोल भएको पार्टीमा नबस्ने भन्दै शिला
वैद्यको पार्टीमा लागिन् ।
यसअघि कांग्रेस सरकारका कृषिमन्त्री हरिप्रसाद
पराजुलीले यौन काण्डकै कारण मन्त्री पदबाट
राजीनामा दिएका थिए । जनआस्था
साप्ताहिकमा खबर छ ।दैनिक नेपाल बाट।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved