Home » » मधेस आन्दोलनबारे आज त्रिपक्षीय वार्ता

मधेस आन्दोलनबारे आज त्रिपक्षीय वार्ता


काठमाडौं, मंसिर १८ । सरकार, प्रमुख
विपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी
मोर्चाबीच आज वार्ता हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५
बजेका लागि वार्ता आह्वान गरेका हुन् ।
त्रिपक्षीय वार्तामा मधेसी मोर्चाले
उठाउँदै आएका मागका बारेमा छलफल गरी
निष्कर्षमा पुर्याउने तयारी भएको छ ।
त्यसअघि अपराह्न
४ बजे प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा
एमाले र एकीकृत माओवादीका शीर्ष
नेताहरुको बैठक बस्ने भएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई
वार्ताका बारेमा जानकारी
गराइसकिएको प्रधानमन्त्रीका प्रेस
सल्लाहका प्रमोद दाहालले जानकारी दिए
। आजको वार्तालाई निर्णायक बनाउने
निर्णय सरकारले गरिसकेको छ ।
मधेसी मोर्चासँगको सहमतिमा संविधान
संशोधन विधेयक अघि बढाउने र सीमांकन
विवाद राजनीतिक वा संसदीय समितिबाट
टुंग्याउनेबारेमा प्रमुख तीन दल सहमत भइसकेका
छन् ।
तीन दलबीच अघिल्लो सरकारले संसदमा दर्ता
गराएको संविधान संशोधन विधेयकलाई
तत्काल पारित गर्ने र सीमा परिवर्तनका
मुद्दालाई संसदीय या राजनीतिक
समितिमार्फत् टुंग्याउने सहमति भएपछि
मोर्चासँगको वार्ता निश्चित भएको हो ।
कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष
नेताहरुले तय गरेको यो धारणाबारे आज
मोर्चासँग छलफल हुने छ । तीन दलको
धारणामा मोर्चाले सहमति जनाए मुलुकमा
लामो समयदेखिको अन्योल समाप्त हुने
नेताहरुले बताएका छन् ।
मोर्चासँगको वार्ताअघि प्रमुख तीन दलले
आन्तरिक छलफल तीब्र पारेका छन् ।
मोर्चासँगको वार्ताका बारेमा धारणा
बनाउन नेकपा एमाले स्थायी समितिको बैठक
बालुवाटारमा बसेको छ ।
त्यसैगरी नेपाली कांग्रेसको पदाधिकारी
बैठक पनि सुशील कोइराला निवास
महाराजगन्जमा बसेको छ । एकीकृत
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि
पार्टीका वरिष्ठ नेताहरुसँग आन्तरिक छलफल
गरेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved