पुस ७, २०७२- नेपाल आयल
निगमको थानकोट स्थित
ईन्धन भन्डारणमा पुर्याउनु पर्ने तेल
पृथ्वीराजमार्गमै दोब्बर मुल्य लिई बेच्न
लागेका ७ वटा ट्यांकर चालक र
कर्मचारीहरुलाई धादिङ प्रहरीले रंगेहात
पक्राउ गरेको छ ।
भारतको वरांैंदी डिपोबाट ईन्धन भरेर
जोगबनी हुँदै आएका नेपाल आयल
निगमका ती ट्यांकरका चालक र
कर्मचारीले मंगलबार अपरान्ह २ बजे
थाक्रे– ३ आठकिलो फेदिमा ट्यांकरको
सिल तोडेर डिजेल बेचिरहेको अवस्थामा
पक्राउ गरेको हो ।
मोजमस्ती स्टाफ होटल अगाडि ट्यांकर
पार्किङ गरी चालक, सहचालक र होटल
संचालक मिलेर डिजेल निकाली
प्रतिलिटर रु. १५० मा होटल
संचालकहरुलाई बेची कालो बजारी
गरिरहेको बेला पक्राउ गरिएको
ईलाका प्रहरी कार्यालय
खानीखोलाका प्रहरी निरिक्षक
यादव थापाले बताए ।
१ लाख ४० हजार लिटर डिजलसहित ७
ट्याङकर, चालक, सहचालक, खरिद गर्ने
होटल संचालक र होटलमा काम गर्ने
कामदारसमेतलाई पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालयका प्रहरी
निरिक्षक हरिप्रसाद पौडेलले बताए ।
पक्राउ पर्नेमा सुनसरीका विष्णुप्रसाद
आचार्य, अजय उराउ, महेश उराउ,
मोरङ्गका मनोज राजवंशी, रामबहादुर
मगर, सुमेश भुजेल, नेपनारायण माझी,
सप्तरीका संजय यादव, यमकुमार भुजेल,
अरुण भुजेल, धादिङ थाक्रेका बिशाल
लामा, जीवन थिङ, बिक्रम आचार्य,
बिष्णु सुवेदी र भारत पन्जाब निवासी
गुरुदेव सिंह छन् ।
पक्राउ परेका चालकहरुले प्रहरीसमक्ष
बाटोमा बेचेको ईन्धनको आधा रकम
थानकोट डिपोका कर्मचारीलाई
बुझाए पुरै इन्धन ल्याएको भर्पाई गरि
दिने उल्लेख गरेका छन् ।
Home »
Nepali News
» राजमार्गमा ईन्धन बेच्ने आयल निगमका ७ ट्यांकर र
कर्मचारी प्रहरी नियन्त्रणमा
राजमार्गमा ईन्धन बेच्ने आयल निगमका ७ ट्यांकर र कर्मचारी प्रहरी नियन्त्रणमा
Posted by Unknown
Posted on 4:09 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment