काठमाडौं । मधेस आन्दोलनप्रति भारतीय राजदूत
रन्जित रेको टोनमा अचानक परिवर्तन आएको छ ।
मधेसी मोर्चाका नेताहरुसँग सोमबार बिहान
भएको ब्रेकफास्ट भेटमा राजदूत रेले चार
महिनाभन्दा लामो मधेस आन्दोलनले निम्त्याएको
अभावले आमजनतामा निराशा व्याप्त भएको भन्दै
आन्दोलनरत पक्ष, नेपाल र भारत सरकार कसैको पनि
हित नगर्नेतर्फ गम्भीरतापूर्वक सोच्न मोर्चालाई
आग्रह गरेका थिए ।
बैठकमा सहभागी मोर्चाका नेता तराई मधेस
सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका
अनुसार राजदूत रेले मधेस आन्दोलनबारे चिन्त ब्यक्त
गर्दै चाँडोभन्दा चाँडो सहमति गरी मुलुकलाई
निकास दिन आग्रह गरेका थिए ।
लैनचौरस्थित दुतावासमा भएको ब्रेकफास्ट बैठकमा
मोर्चाको जारी आन्दोलन, सरकार र
मोर्चाबीचको वार्ता र उनीहरुको
प्रतिक्रियाबारे परामर्श गदै चाँडोभन्दा चाँडो
आन्दोलनलाई निकास दिन रेले जोड दिएका थिए
। स्रोतका अनुसार उनले नेपाल सरकारको निर्णय
मानेर आन्दोलन फिर्ता लिन भन्दा नमानेपछि
हप्काएका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
Home »
Nepali News
» भारतीय राजदूतले लैनचौर
बोलाएर मधेसी नेतालाई किन
हप्काए ?
भारतीय राजदूतले लैनचौर बोलाएर मधेसी नेतालाई किन हप्काए ?
Posted by Unknown
Posted on 2:10 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment