काठमाडौं, मंसिर । अहिले पनि भारत र
पाकिस्तानको सम्बन्ध राम्रो छैन् । तर, विगतमा
अहिलेको भन्दा झन विग्रिएको सम्बन्ध भारत–
पाकबीच रहेको पाईन्छ । त्यसलाई यो घटनाले
देखाउँछ ।
सन् १९९९ मा भारत–पाकिस्तानबीच भएको
कारगिल युद्धमा पाकिस्तान भारतमाथि परमाणु
बमबाट हमला गर्ने तयारीमा थियो । यो कुराको
जानकारी जानकारी अमेरिकाको खुफिया
एजेन्सीले तत्कालिन अमेरिकी राष्ट्रपति बिल
क्लिन्टनलाई दिएको थियो । यो कुराको
खुलासा बुधवार राष्ट्रपति कार्यालय व्हाइट
हाऊसका एक वरिष्ठ अधिकारीले गरेका छन् ।
भारत–पाकिस्तान बीच भएको कारगिल युद्धमा
दुबै देशका हजारौ सुरक्षाकर्मी मारिएका थिए ।
व्हाइट हाऊसका एक वरिष्ठ अधिकारीका अनुसार
खुफिया एजेन्सी सीआईले एक गोपनीय बैठकको
बेला ४ जुलाई, १९९९ मा अमेरिकाका राष्ट्रपति
बिल क्लिन्टनलाई यो तब बताएको थियो जब
राष्ट्रपति क्लिन्टन पाकिस्तानका प्रधानमन्त्री
नवाज शरीफलाई भेट्न जाँदैथिए ।
यो युद्धमा पाकिस्तानी सेना केही कमजोर
थियो । र पटक पटक हार पनि व्यहोरेको थियो ।
त्यो समयका सेना प्रमुख जनरल परवेज मुर्शरफले पनि
आलोचना खेप्नुपरेको थियो । यहीबेला
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई
अमेरिका बोलाएर दुबै देशबीच चलिरहेको युद्ध
रोक्न राष्ट्रपति क्लिन्टनले आग्रह गरेका थिए ।
४ जुलाई १९९९ को विहानै गुप्तचर संस्था सीआईएले
पाकिस्तानबाट भइरहेको परमाणु हमला
तयारीको जानकारी अमेरिकालाई गराएको
थियो । त्यही दिन राति पाकिस्तानले
भारतमाथि हमला गर्ने अन्तिम तयारी गरेको
थियो ।
सीआईएले पठाएको खबरको पुष्टि भएपछि ह्वाईट
हाउसको ओवल अफिसमा तनाव बढेको थियो ।
त्यो बेला नेशनल सिक्योरिटी काउन्सिलमा ब्रूस
रिडले तैनात थिए । त्यो समयमा सैण्डी जोकि
अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार थिए ।
उनले राष्ट्रपति क्लिनटनलाई पाकिस्तानी
प्रधानमन्त्री शरीफलाई बोलाएर समस्या विना
शर्त समाधान गर्न आग्रह गर्न सुझाव दिए ।
सैण्डीको सुझावपछि अमेरिकी राष्ट्रपति
क्लिन्टनले पाकिस्तानी प्रधानमन्त्री शरीफसँग
वार्ता गरेर रोक्न लगाए । र पाकिस्तानी
प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानी
सेनालाई फिर्ता गरे । यसरी भारत
पाकिस्तानको परमाणु बम हमलाबाट बचेको
थियो ।
यदि पाकिस्तानले परमाणु बम हमला गरेको भए
भारतमा जनधनको धेरै क्षति हुन्थ्यो । त्यो बेला
भारतभन्दा पाकिस्तानसँग आधुनिक हातहतियार
रहेको बताईन्छ । (एजेन्सीको सहयोगमा)
Home »
Nepali News
» जब पाकिस्तानले भारतमाथि
परमाणु बम हमलाको तयारी
गर्यो…
जब पाकिस्तानले भारतमाथि परमाणु बम हमलाको तयारी गर्यो…
Posted by Unknown
Posted on 3:31 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment