Home » » राजनीति स्थायित्वको लागि राष्ट्रिय एकता आवश्यक: सिटौला

राजनीति स्थायित्वको लागि राष्ट्रिय एकता आवश्यक: सिटौला


काठमाडौँ, १८ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयनका चुनौती र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले एकता आवश्यक छ ।”

महामन्त्री सिटौलाले अघिल्लो संविधानसभाको असफलतालाई हटाउनु र काँग्रेसको महाधिवेशनलाई वैधानिकता दिनका लागि संविधान निर्माणमा हतारिनु परेको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानका बारेमा नेपाली सञ्चारमाध्यमले प्रचारप्रसार गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved