१८ मंसिर-
अमेरिकाका एक व्यक्तिले आफूले खरिद गरेको
जग्गालाई छुट्टै राज्य घोषणा गरेका छन् ।
करिब १५ बर्षअघि ऊटा क्षेत्रमा ४ हेक्टर जमिन
खरिद गरेका अमेरिकी नागरिक ज्याक
ल्यान्ड्सवर्गले आफूले खरिद गरेको जग्गालाई
छुट्टै देश घोषणा गरेका हुन् ।
उनले उक्त देशको आफू राष्ट्रपति भएको समेत
बताएका छन् । उनले आफ्नो देशको नाम
रिपब्लिक अफ जाकिस्तान राख्दै त्यहाँ प्रवेश
गर्नका लागि पासपोर्ट समेत तयार
पारिसकेका छन् ।
तर नयाँ राष्ट्र घोषणा गर्नुपूर्व धेरै संघर्ष गर्नुपर्छ
र संसारका कुनै पनि राष्ट्र र राष्ट्रसंघले
मान्यता दिनुपर्छ । तर उनको यो देशलाई कसैले
पनि मान्यता भने दिएका छैनन् ।
धेरैले उनको यो कार्यलाई हाँसीमजाकमा
उडाएपनि ज्याकले भने आफ्नो नयाँ राष्ट्का
लागि आफू गम्भिर भएको र यसको सुरक्षाका
लागि तयारी भैरहेको बताएका छन् । -एजेन्सी
Home »
Nepali News
» अमेरिकामा ४ हेक्टर जमिन
खरिद गरेर छुट्टै राज्य घोषणा
अमेरिकामा ४ हेक्टर जमिन खरिद गरेर छुट्टै राज्य घोषणा
Posted by Unknown
Posted on 2:17 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment