हङकङ । स्पेनकी मेरिया लालागुना रोयोले सन् २०१५
को मिस वर्ल्डको उपाधि जितेकी छिन् ।
चीनको सान्या सहरमा भएको मिस वर्ल्डको फाइनल
बार्सिलोना सहरकी २३ वर्षीया व्यावसायिक
मोडल मेरियाले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै
ताज पहिरिएकी हुन् ।
प्रतियोगिताको फाइनलमा उनले ‘आफूमा भित्री
सुन्दरता छैन भने बाहिरी सुन्दरताको कुनै मतलब नरहने’
भन्दै तार्किक विचार राखेकी थिइन् । सोही उत्कृष्ट
प्रस्तुतिका कारण मेरिया मिस वर्ल्डको ताज
पहिरिन सफल भएकी हुन् ।
उनी औषधि विज्ञानमा स्नातक हुन् भने पोषण
विषयमा एमए गर्न चाहन्छिन् । प्रतियोगिताको
उत्कृष्ट पाँचमा रसिया, इन्डोनेसिया, लेबनन र
जमैकाली सुन्दरी परेका छन् ।
यसपटकको मिस वर्ल्ड प्रतियोगितामा
मानवअधिकारसम्बन्धी विवादास्पद अभिव्यक्तिका
कारण मिस क्यानेडियनले प्रतियोगिता
गुमाउनुपरेको थियो ।
प्रतियोगितामा स्कटल्यान्ड र नर्दन आयरल्यान्ड
उत्कृष्ट १० मा पर्न सफल भए पनि इंग्ल्यान्ड उत्कृष्ट २०
मा समेत पर्न सकेन ।
Home »
Nepali News
» स्पेनकी मेरिया बनिन् मिस वर्ल्ड....
स्पेनकी मेरिया बनिन् मिस वर्ल्ड....
Posted by Unknown
Posted on 6:03 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment