Home » » विवाहअघि घरमै हनिमुन....

विवाहअघि घरमै हनिमुन....


डेढ वर्षअगाडि मैले तुल घलेसँग विवाह गरेकी हुँ। घरमा मेरो विवाहको कुरा चल्दै थियो। यही बीचमा हाम्रो भेट भयो।
अढाइ महिनाको प्रेमसम्बन्धपछि विवाह गरिहाल्यौं। अस्ट्रेलियमा बस्दै आउनुभएका उहाँ विवाहका लागि ६
महिनाको छुट्टी लिएर नेपाल आउनुभएको थियो। विवाह गरेको एक सातामै उहाँ फर्कनुभयो। त्यसैले हनिमुन जाने समय
मिलेन।
विवाहपछि हामी काठमाडौंस्थित घरमा दुई जनामात्र बस्थ्यौं। परिवारसँग भएको भए दुईजनाले मात्र समय बिताउन
हनिमुन जानुपर्ने आवश्यकता हुन्थ्यो होला। तर घरमै हामीमात्रै त्यो वातावरण पायौं। हाम्रो प्रेमसम्बन्ध विवाह गर्ने
उद्देश्यले गाँसिएको थियो। चिनजान भएर एकअर्काको बारेमा बुझेपछि दुवैले जीवनसाथीको रूपमा हेरिसकेका थियौं।
त्यसैले विवाह हुनुभन्दा अगाडिदेखि नै हामी सँगै बस्न थालेका थियौं।
यस अर्थमा हामीले विवाहअघि नै हनिमुन मनायौं भने पनि हुन्छ। म शाकाहारी हुँ तर उहाँलाई धेरै पटक मासु पकाएर
खुवाएकी छु। उहाँले पनि मलाई विभिन्न परिकार बनाएर चखाउनुहुन्थ्यो।आफूले चाहेको र माया गर्ने मान्छे पाउनु
भाग्यको कुरा हो। म त्यस्तै एउटी भाग्यमानी केटी हुँ। माया लागेको मान्छेको खुसीको लागि जीवनमा जे पनि गर्न
सकिँदो रहेछ।
थोरै समयमात्रै सँगै बस्न पाएकाले होला धेरै मीठा स्मृति छ। उहाँ मैले चाहेजस्तै व्यक्ति हुनुहुन्छ। आफूले चाहेको व्यक्तिलाई
जीवनमा पाउनु भाग्यको कुरा हो। सँगै हुँदा जे गरे पनि राम्रो लाग्थ्यो। जति माया लाग्थ्यो, सानो कुरामा
त्यत्तिकै चित्त पनि दुख्थ्यो। उहाँ साह्रै मीठो बाँसुरी बजाउनुहुन्छ। बाहिर कतै गएर घर आइपुग्ने बेलामा म गीत लेखेर
राखिदिन्थेँ। उहाँले त्यसमा बाँसुरीको धुन भर्नुहुन्थ्यो।
हाम्रो विवाह जाडो महिनामा भएको हो। उहाँलाई हरियो रङ मनपर्छ। उहाँकै लागि दुईवटा हरियो कोट किनेर
लगाएँ। मैले यस्तो गर्दा उहाँ जिस्क्याउनुहुन्थ्यो। त्यो समय जीवनको सबैभन्दा सुन्दर लाग्छ। माया लागेको मान्छेको
खुसीको लागि जे पनि गर्न सकिँदो रहेछ।
शारीरिक सम्बन्धको मिठासलाई त शब्दमा व्याख्या गर्नै सकिँदैन। सम्बन्धलाई बलियो बनाउन शारीरिक रूपमा नजिक
हुन जरुरी हुन्छ। शारीरिक सम्बन्धले एकअर्काप्रति पूर्ण समर्पण भएको महसुस गराउँछ। विवाह भएको डेढ वर्ष भयो भेट भएको
छैन। अब छिट्टै उहाँलाई भेट्न जाने तयारीमा छु। अबको भेटले जीवनमा पक्कै अर्को रमाइलो पाना थपिनेछ।

Share this News :

1 comment:

  1. बिवाह अगि गरेकोलाई हनिमुन होईन थम्न नसेको बैंस भन्छ मेडम ।

    ReplyDelete

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved