काठमाडौं, मंसिर २० । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल
थापाले वर्तमान संकट मधेस केन्द्रीत दलहरुको माग पुरा गरेरमात्र
समाधान हुने अवस्था नरहेको जिकीर गरेका छन् ।
संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिमा मन्त्री
थापाले स्वदेशी दलका अवरोधका कारणमात्र वर्तमान संकट
नदेखिएको भन्दै भारतबाट भइरहेको अवरोध हटाउन
आफ्नो भारत भ्रमण फलदायी बनेको दावी गरे । उनले कूटनीतिक
मर्यादा विपरीत भारत भ्रमण गर्ने छाडापन रहँदासम्म नेपाल–भारत
सम्बन्ध यस्तै रहने बताए ।
मन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतको
राज्यसभामा नेपालबारे भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप पनि
लगाए । उनले नेपाललाई हस्तक्षेप गर्ने भावनाबाट प्रेरित वक्तव्यको
आफूले संसदमा खण्डन गर्ने बताए ।
मन्त्री थापाले कुनै नेता भारत जाँदा जे सहमति गरेको भए पनि
त्यसैलाई आधार मानेर भारतले अहिले ‘सहमति पालना किन भएन ?’
भन्ने अधिकार नहुने दाबी गरे । उनले सरकारी तहमा औपचारिक रुपमा
भएका सहमतिमा मात्र नेपाल सरकार जिम्मेवार रहने बताए ।
आपूर्ति र पारवहन अधिकार हस्तक्षेप गरेर भारतले अन्तर्राष्ट्रिय कानून
उल्लंघन गरेको भन्दै मन्त्री थापाले चीनसँगको सम्बन्ध बिस्तारमा
सरकार उच्चस्तरीय छलफलबाटै अघि बढ्ने जनाए ।
सांसदहरुले भने भारतसँगको समस्या समाधानका लागि सरकारको
कूटनीतिक क्षमता असफल भएको, चीनबाट इन्धनलगायतका सामान
उपलब्ध गराउने भने पनि राजनीतिक तहबाट चीनसँग परामर्श
नभएकोमा सरकारको आलोचना गरेका थिए ।
Home »
Nepali News
» मधेस केन्द्रीत दलको माग पुरा गर्दैमा
समस्या समाधान हुँदैन : थापा
मधेस केन्द्रीत दलको माग पुरा गर्दैमा समस्या समाधान हुँदैन : थापा
Posted by Unknown
Posted on 10:28 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment