२० मंसिर- कैलालीको त्रिनगर भन्सार नाका भएर
भारतबाट एकैदिन ठूलो परिमाणमा इन्धन
भित्रिएको छ । नेपाल आयल निगम क्षेत्रीय
कार्यालयका अनुसार २० वटा गाडीमा तीन
लाख ६० हजार लिटर इन्धन आएको हो । दुई
लाख ९६ हजार लिटर डिजल, ५२ हजार लिटर
पेट्रोल र १२ हजार लिटर मट्टितेल आएको छ ।
हिजो आएको इन्धनको मात्रा यो सातामै
ठूलो परिमाण रहेको निगमका प्रवक्ता
शिवराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँले नाका अवरुद्ध नभएको बेला आउने
नियमित परिमाणकै हाराहारीमा हिजो
इन्धन भित्रिएको बताउनुभयो । यहि
परिमाणमा इन्धन आए र काठमाण्डौं पठाउन
नपरे यहाँको इन्धन समस्या केहि हदसम्म हट्न सक्ने
उहाँले बताउनुभयो ।
इन्धन आपूर्ति तथा व्यवस्थापन समिति
कैलालीको निर्णय अनुसार क्षेत्रीय
कार्यालयले काठमाण्डौंमा समेत इन्धन पठाउँदै
आएको छ । दुई दिन अगाडि काठमाण्डौंको
थानकोटस्थित डिपोमा एक लाख लिटर
डिजल र अस्ती मात्रै २० हजार लिटर हवाई
इन्धन पठाइएको थियो ।
Home »
Nepali News
» त्रिनगर नाकाबाट ठूलो
परिमाणमा इन्धन भित्रियो
त्रिनगर नाकाबाट ठूलो परिमाणमा इन्धन भित्रियो
Posted by Unknown
Posted on 10:32 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment