Home » » त्रिदलीय साझा धारणा बनाउन बिहीबार बैठक

त्रिदलीय साझा धारणा बनाउन बिहीबार बैठक

काठमाडौँ, १६ मङ्सिर । संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका
सम्बन्धमा साझा धारणा बनाउन बिहीबार प्रमुख
तीन दलको बैठक हुने भएको छ ।
प्रधानमन्त्री निवासमा बिहान सत्तारुढ दल
नेकपा(एमाले) सहित एकीकृत नेकपा (माओवादी) र
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बैठक हुने
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले
राससलाई बताउनुभयो ।
मोर्चाका माग सम्बोधनका सन्दर्भमा सोे बैठकले
साझा धारणा तय गर्ने र मोर्चासँगको वार्ताको
नयाँ मिति पनि निर्धारण गर्ने उहाँले जानकारी
दिनुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved