Home » » कांग्रेस नेतृ सुजाता भन्छिन्- पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउ, राष्ट्रिय एकतामा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

कांग्रेस नेतृ सुजाता भन्छिन्- पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउ, राष्ट्रिय एकतामा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

डडेल्धुरा, १६ मङ्सिर । नेपाली काँग्रेसकी नेत्री
सुजता कोइरालाले विभिन्न वहानामा मुलुकलाई
खण्डित गर्ने प्रयास भइरहेको दाबी गर्नु भएको छ ।
प्रेस युनियन डडेल्धुराले आज बिहान आयोजना
गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुक टुक्य्राउने खेल
भइरहेकाले राष्ट्रिय एकतामा सबै पक्ष जिम्मेवार
बन्नुपर्ने बताउनुभयो ।
नेत्री कोइरालाले पाँच विकास क्षेत्रलाई नै
प्रदेशका रुपमा स्थपित गर्दा कुनै प्रदेशलाई पनि
मर्का नपर्ने र सबै भू–भाग, जातजाति, हिमाल,
पहाड र तराइँको भूमिसमेत सामान ढङ्गले वितरण
धारणा व्यक्त गर्नुभयो ।
अर्को एक फरक प्रसङ्गमा उहाँले पार्टी
अधिवेशनबाट पुराना पुस्ताले युवालाई
जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
यसैबीच, पार्टीको आसन्न तेह्रौँ महाअधिवेसनको
सिलसिलामा आयोजित कार्यकर्ता भेटघाटमा
उहाँले वरिष्ठ नेता शेरबहादुर देउवासँगै सहकार्य गरेर
जानुपर्ने बताउनुभएको छ । देउवासँग मिलेर जाँदा
पार्टीले नयाँ आयाम लिने उहाँको भनाइ थियो
। रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved