दोलखा– सरसफाइ अभियानमा जुटेका नेपाल
सरकारका सरफाइ सद्भावना दूत तथा
हास्यकलाकार सीताराम कट्टेल 'धर्मुस' र
कुञ्जना घिमिरे 'सुन्तली'ले दोलखाको
भीरकोट गाविसस्थित माझी गाउँमा सिरक
बाँडेका छन्।
सरसफाइ अभियानका साथ दोलखा पुगेका
उनीहरुले हालै गएको भूकम्पबाट पीडित भएका
सो बस्तीका ७५ घर परिवारलाई सिरक
बाँडेका हुन्। पहिलेदेखि आर्थिक अवस्था
कमजोर रहेको र त्यसमाथि भूकम्पबाट क्षति
व्यहोरेका उनीहरुलाई चीसोबाट जोगाउन
प्रति घरपरिवार एक–एक थान सिरक बाँडेका
छन्।
धर्मुस–सुन्तली फाउन्डेशनमार्फत डेढ लाख रुपैयाँ
बराबरको सिरक बाँडेको कलाकार कट्टेलले
बताएका छन्। धनले नभइ मनले सामाजिक कार्य
गरेको उनकाे प्रतिक्रिया छ। सरकारले दिने
भनेको १० हजार रूपैयाँसमेत नपाएका
माझीबस्तीका स्थानीयको अवस्था निकै
दयनीय रहेको उनकाे भनार्इ छ।
तत्काल उनीहरुलाई राहतको व्यवस्था नगरिए
धनजनको क्षति हुन सक्ने बताएका धुर्मुसले
शनिबार, आइतबार र सोमबार दोलखाको
जिप्रका प्रमुख, जिविस प्रमुख, नगरपालिका
प्रमुख, खानेपानीका प्रमुख, शान्ति सुरक्षाका
प्रमुख, पत्रकार, नागरिक समाजका उगुवा र
त्यहाका विभिन्न क्षेत्रका व्यक्तिवहरुको
उपस्थितिमा विभिन्न स्थानमा सरफाइसमेत
गरेका छन्।
Home »
Nepali News
» धुर्मुस–सुन्तलीले ७५ माझी
परिवारलाई न्यानो बाँडे
धुर्मुस–सुन्तलीले ७५ माझी परिवारलाई न्यानो बाँडे
Posted by Unknown
Posted on 3:58 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment