पुस १३, २०७२- प्रहरीको
कुटपिटबाट घाइते भएका
सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र
महतो बीपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानको पेइङ वार्डको
चार नम्बर बेडमा उपचार गरिरेका छन् ।
विराटनगरस्थित एक कार्यक्रममा
महतोलगायतका संयुक्त मधेशी
मोर्चाका कार्यकर्तामाथि दमन
भएको आरोप मोर्चाले लगाएको छ ।
उनको विराटनगरस्थित गोल्डेन
अस्पतालको सघन उपचार कक्षमा उपचार
हुँदा हुँदै गए राति अस्पतालले डिस्चार्ज
नै नगरी अचानक प्रतिष्ठानको सघन
उपचार कक्षमा राति नै ल्याइएको हो
।
हाडजोर्नी विभागका चिकित्सकहरुले
हेरेपछि उनको सोमबार बिहान
प्रतिष्ठानको सर्जिकल सघन उपचार
कक्षबाट पेइङ (दोब्बर रकम तिरेर चाडो
उपचार गरिने वार्ड) मा सारिएको
प्रहरीले जनाएको छ । उनको टाउको र
शरीरमा चोट लागेको भए पनि बोल्न
सक्ने अवस्थामा छन् ।
Home »
Nepali News
» गोल्डेनबाट डिस्चार्ज नभई महतो बीपीको पेइङ
वार्डमा
गोल्डेनबाट डिस्चार्ज नभई महतो बीपीको पेइङ वार्डमा
Posted by Unknown
Posted on 10:31 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment