Home » » रेखा निर्दोष भन्दै ठगीको उजुरी हालेका पुरीले मागे माफी

रेखा निर्दोष भन्दै ठगीको उजुरी हालेका पुरीले मागे माफी

काठमाण्डौ। केहि दिन अगाडी
अभिनेत्री रेखा थापाविरुद्ध जिल्ला प्रहरी
कार्यालय खोटाङमा ठगीको उजुरी हालेका
सगरमाथा जनसेवा समाज अर्खौले खोटाङका
अध्यक्ष प्रकाश पुरीले अन्ततः माफी मागेका
छन् । उनले फेसबुकमा लेख्दै रेखा थापाले आफ्नो
व्यावसायीक अडान लिएकाले रेखाजस्तो
प्रतिष्ठित कलाकारको जीवनमा हुन गएको
मानहानीप्रति क्षमासमेत याचना गरेका छन् ।
गत कात्तिक २१ गते खोटाङमा आयोजित एक
कार्यक्रममा अग्रिम पैसा लिएर कार्यक्रममा
नगएर आफूहरुमाथी ठगी गरेको भन्दै
थापाविरुद्ध प्रकाश पुरीले उजुरी हालेको
थिए । उक्त संस्थाले अभिनेत्री थापाको
सिद्धार्थ बैंकमा रहेको खातामा कात्तिक २०
गते १ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको
प्रमाणपनि पेश गरेको थियो । उनले स्टाटसमा
पैसा फिर्ताको विषयलाई कोट्याउँदै लेखेका
छन्, ‘आफूलाई रकम पठाउने व्यक्ति नै आयोजक
मध्येको हो कि होइन, रकम उसलाई फिर्ता
दिँदा वास्तविक आयोजकले नै फिर्ता पाउँछन्
कि पाउँदैनन्, रकम फिर्ता पठाउने खाता नं र
ठेगाना कुन हो र कसलाई पठाउने भन्ने अन्योल
भएको उहाँले रकम पठाउन नसक्नु भएको पनि म
स्पष्ट पार्न चाहन्छु’ भन्दै लेखेका छन् ।
त्यस्तै रेखाले उक्त स्टाटसमा कमेन्ट गर्दै ‘उजुरी
दिने भाई प्रकाश पुरीसँग मेरो केही गुनासो
छैन’ भन्दै लेखेकी छिन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved