Home » » भारतमा कुटाई खाएका आन्दोलनकारीको सर्लाहीमा भागाभाग

भारतमा कुटाई खाएका आन्दोलनकारीको सर्लाहीमा भागाभाग


काठमाडौं १८, मंसीर ।
भारतीयबाट कुटाई खान शुरु गरेका आन्दोलनका नाममा नेपाल र नेपालीलाई तहसनहस बनाइरहेका मधेशी
आन्दोलनकारीहरुले सर्लाहीमा आमसभा गर्न नसकेर भागाभाग भएको छ । सर्लाहीको नवलपुरमा भएको आमसभा छाडेर
मधेसी दलका दुई शीर्ष नेताहरु अचानक काठमाडौं फर्केका हुन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई
मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर अचानक काठमाडौं फर्केका हुन् ।
नवलपुरमा हिजो भइरहेको आमसभालाई सम्बोधन नगरी दुबै नेताहरु जनकपुरबाट जहाजमा काठमाडौं आएका हुन् ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा दुई दिने भारत भ्रमणबाट फर्केलगत्तै सहमति जुटाउने वाध्यकारी अवस्था
सिर्जना भएपछि उनीहरु सर्लाहीबाट काठमाडौं आएको स्रोतको भनाइ छ ।
दुबै नेताहरु जनकपुर विमानस्थलबाट बिहान ११ बजेको बुद्ध एयरको उडानबाट सुटुक्क काठमाडौं आइपुगेका थिए ।
यादव र ठाकुर काठमाडौं आएपछि नवलपुरको आमसभालाई सम्बोधन गर्न बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र
महतो चुरे भावरले आक्रमण गर्न थालेपछि खुसुक्क प्रहरी संरक्षणमा पुगेका थिए ।
ठाकुर र यादव काठमाडौं आएपछि नवलपुरमा पनि तनाव भएको छ। राजेन्द्र महतोले सम्बोधन गर्नै लाग्दा आमसभास्थलमा
गोली चलेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो ।
परराष्ट्र मन्त्री कमल थापा सकारात्मक सन्देशसहित स्वदेश फर्किएकै दिन तीन दलले साझा धारणा बनाएर मधेसी दलसँग
वार्ता गर्ने निर्णय गरेलगत्तै दुई मधेसी नेता काठमाडौं आएपछि सहमति जुट्ने चर्चा राजनीतिक वृत्तमा शुरु भएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved