Home » » आफ्नै देशका जनतालाई ढाँटेपछि भारतमै मोदीको बेइज्जत (फोटो फिचरसहित)

आफ्नै देशका जनतालाई ढाँटेपछि भारतमै मोदीको बेइज्जत (फोटो फिचरसहित)

काठमाडौं, १८ मंसिर । भारतको तमिलनाडू
राज्यमा भीषण बाढीपछिको अवस्था अवलोकन
गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
विहीबार त्यहाँ पुगे ।
उनले हेलिकप्टरबाट त्यहाँको अवलोकन गरे ।
यहीबेला सरकारी सूचनाले जनतालाई ढाटेपछि
भारमै मोदीको बेइज्जत भयो । भयो के भन्दा
सरकारको प्रेस इन्फरमेशन ब्यूरोले आफ्नो वेबसाइट र
ट्विटमा मोदीले हेलिकप्टरबाट चेन्नईको बाढी
प्रभावित इलाकाको एकदमै नजिकबाट अवलोकन
गरिरहेको देखाइएको छ तर, सामाजिक सञ्जालमा
यो तस्वीर सार्वजनिक भएपछि यसको
विश्वसनियतामाथि प्रश्न उठ्यो र तस्वीर
सार्वजनिक गर्ने पीआईबीको पनि जमेरै आलोचना
भयो ।
यो तस्वीरलाई फोटोसपबाट सफा गरेर बाढी
प्रभावित क्षेत्रको केही यस्तो ठाउँ देखाइएको छ
कि टाढाको गाउँलाई पनि एकदमै नजिक
देखाइएको छ जो सम्भव नै छैन् । सामाजिक
सञ्जालमा यो तस्वीरलाइ लिएर मोदीको जमेरै
आलोचना भएको छ । आफ्नो आलोचना भएपछि
मोदीले आफ्नो ट्विटर ह्याण्डलमा वास्तविक
तस्वीर शेयर गरे ।
आफ्नै देशका जनतालाई ढाटेपछि भारतमै मोदीको
बेइज्जत भएको छ । विपक्षीहरुले समेत जमेरै
मोदीविरुद्ध आफ्नो धारणा सार्वजनिक गरेका
छन् । वास्तविक तस्वीर शेयर गरेपछि मोदीका
फ्लोर्सहरुले गाली र झुटको खेती गरेको आरोप
लगाएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved